"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

लिङ्क थप गरियो
(correction)
(लिङ्क थप गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
 
माथी उल्लेखित तथ्यहरू मनन गर्ने हो भने लिच्छवीकाल अगाडिको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरूलाई निधार चाउरी पारेर सोच्नवाद्य अवश्यै गराउनेछ कि "लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शब्दहरू कुँदिन पुगे ?"
"किरात" : केही भ्रम र यथार्थ
 
याे "किरात" शब्द संस्कृत भाषाबाट आएकाे भनेर कसैकसैले दाबी गरेका पाइन्छन् । यहाँ आपतिकाे कुरा के हाे भने याे किरात शब्दलाई विद्वान कहलिएका नश्लवादी इतिहासकारले नियाेजित तवरले सुँगुरसंग जाेडि दिएकाे छ । अनि यसैलाई आधार मानेर हामी केही निर्दाेष अबाेध समुह किरात पहिचानबाट भाग्न खाेज्छाै ।
 
यहाँ किरातलाई "किर +आत = किरात" काे रूपमा बुझिने बुझाई नै गलत छ । जबरजस्त "किर" लाई सुँगुर र "आत" लाई पालक भनेर बुझ्ने दिमाग नै हाम्राे मुक्तिकाे बाधक हाे ।
 
"किरात" लाई संस्कृत शब्दहरूसंग नै संश्लेषण र विश्लेषण गरेर हेर्ने हाे भने पनि याे शब्द सुँगुर र सुँगुरकाे पछि लाग्ने जातिसंग सम्बन्धित नभएकाे प्रमाणित हुन्छ ।
 
यसकाे लागि हामीले ठेट माैलिक संस्कृत शब्दहरू पहिल्याउनु पर्ने हुन्छ । सुँगुरलाई ठेट संस्कृतमा "वराह" भनिन्छ । ( लिम्बुवानकाे सुनसरी जिल्ला अन्तरगत चतारास्थित वराह क्षेत्रकाे मन्दिर भनेकाे सुँगुरकाे मन्दिर हाे जहाँ हिन्दुआर्यले विष्णुकाे रूपमा सुँगुर पुज्छन् । ) माैलिक संस्कृतमा "किर" काे अर्थ कहिँ पनि सुँगुर छैन ।
 
"किरात" शब्दकाे स्वरूपसंग नजिक भएका संस्कृत शब्दहरू हेराैँ । जस्तै: "किरति", "किरीट", "किरिटी" । यदि किरात संस्कृत भाषाबाटै आएकाे हाे भने यिनै शब्दहरू अपभ्रंश भएर आएकाे हुनुपर्छ ।
 
संस्कृतकाे "किरति" काे अर्थ "छर्नु/ फैलिनु/ to scatter" हुन्छ । "किरति" बाट "किराती" बन्न सक्छ । यदि याे हाे भने किरातीकाे अर्थ चारै दिशामा विस्तारित रूपमा फैलिएर रहेकाे जाति हुन्छ ।
 
संस्कृतबाट आएकाे "किरीट" शब्दकाे अर्थ "मुकुट/श्रीपेच/crown" हुन्छ । याे मुकुट/श्रीपेच लगाउनेलाई संस्कृतमै "किरिटी" भनिन्छ र "किरिटी" काे अर्थ राजा हाे । "किरीट" बाट "किरात" बन्न सक्छ र "किरिटी"बाट "किराती" हुन सक्छ । यदि संस्कृतबाटै किरात हुन आएकाे हाे भने किरातकाे अर्थ मुकुट लगाउने राजा हुन्छ ।
 
अतः किरातलाई हामीले संस्कृतबाट नै आएकाे हाे भनेर जिद्दी गर्ने हाे भने पनि "किरात" शब्दकाे साईनाे "सुँगेर पालेर जीविका धन्ने" कुरासंग हुनै सक्दैन ।
 
यद्यपि किरात शब्द किरातभाषाबाटै आएकाे आधार छ । "किरात" र "किरावा" शब्दबीचमा घनिष्टता छ । किरातभाषामा "कि" धातु भएका शब्दहरू प्रशस्तै छन् । किरातीहरूले आफूलाई गाैरवका साथ कसैलाई रवाफ देखाउनु पर्याे भने " काँ किराती माे म्छा/ आङ्का किरावा छा चि (म त किरातीकाे बच्चा पाे हुँ त)" भन्ने परम्परागत स्थापित आचरण ( traditional custom ) अझै पनि छ । यसाे भन्ने परम्परा त संस्कृतभाषा बाेकेर ल्याउने आर्यहरू हिन्दुउपमाद्वीपमा प्रवेश गर्नुभन्दा अगाडि देखिनै किरातहरूमा थियाे । हिन्दुआर्यकाे आगमन अगाडि नै किरातीले आफूलाई गर्वका साथ किरात भनिरहेकाे यसबाट प्रष्ट हुन्छ ।
 
मानिसकाे स्वभाव कस्ताे हुन्छ भने कसैले हेयकाे दृष्टिबाट दिएकाे उपमाबाट आफूलाई चिनाउन चाहदैन । गर्वकाे साथ भन्ने कुरा त परकै हाे ।
 
नामकाे अर्थ नै हुनुपर्छ भन्ने छैन । त्याे नाम त पछि नामधारण गर्नेकाे व्यावहारले अर्थ लगाइने हाे ।
 
हिन्दुआर्यकाे संस्कृतभाषा प्रवेश गरेपछि मात्र किरात शब्द आएकाे हाे भन्नू भनेकाे काेइलाखानीकाे अाविष्कार पछिमात्र वनस्पतिकाे उत्पति भएकाे हाे भन्नू जस्तै हाे ।
 
त्यस्ता प्रतापी वैभवशाली सभ्यता भएकाे जातिकाे आफ्नै नामकाे पहिचान थिएन हाेला ? अवस्य थियाे । थियाे त केवल "किरात" नै थियाे । जसले आफूलाई किरात भएकाे दाबी गर्दैनन् उनीहरूकाे लागि आफूलाई आदिवासी (indigenous people) भन्नु याेग्यता पुग्दैन ।
 
द्रष्टव्य:
किरातशास्त्री (Kiratologist) ले संस्कृतबाट "किरात" आएकाे हाेइन, बरू "किरात" शब्द तथा किरातभाषाबाट चाहिँ संस्कृतमा केही शब्द बनेका छन् भनेर दाबी गरेका छन् । जस्ताे : "कीर्ति" । याे किराती- किरती - किर् ती हुँदै पछि कीर्ति भएकाे हाे । कीर्तिकाे अर्थ प्रसिद्धि तथा ख्याति (fame) । हिजाे किरातीहरू वैभवशाली थिए । उनीहरूले प्रसिद्ध र ख्याति कामाएका थिए । त्यस कारण ख्याति र प्रसिद्धि कामउनेलाई हिन्दुआर्यले "किराती" शब्दकाे विशेषण प्रयाेग गर्थे । "किराती" भन्दाभन्दै पछि अपभ्रंश भएर "कीर्ति" भएकाे हाे ।
 
<ref>http://www.sunuwarsamajhk.org</ref>
१८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/675173" बाट अनुप्रेषित