"पृष्ठ तनाव" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: कुनै पनि तरल पदार्थको आफू खुम्चिएर रहन सक्ने क्षमतालाई नै पृष...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

२०:०४, २४ सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

कुनै पनि तरल पदार्थको आफू खुम्चिएर रहन सक्ने क्षमतालाई नै पृष्ठ तनाव (surface tension) भनिन्छ । यो शब्दलाई बुझ्न तल केही उदाहरण हरू पस्किइएको छ । - झोल औषधीलाई ड्रपरको सहायताले शिशिबाट झार्दा तरलको अविरल प्रवाह हुनुको सट्टा थोपा/थोपा भएर झर्छ । - कपडा सिउने सियोलाई सतर्कतापूर्वक / होसियारपूर्वक विस्तारै पानीको सतहमा राखियो भने सियोले त्यहीँ सानो खाल्डो बनाउँछ र पानीमा तैरन्छ । - माकुरा जस्ता केही किराहरू पानीको सतहमा तैरेर हिँड्न सक्छन् ।

माथीका तिनवटै उदाहरणमा तरलको माथील्लो तहले दबाबका वावजुद तन्किने झिल्ली (Stretched Membrane) को काम गरेको छ । अन्य शब्दमा भन्नुपर्दा - तरल पदार्थको माथील्लो तहले दबावका बावजुद तन्कने झिल्लीको काम गर्छ र तरलको सतहसँग समानान्तर यो दबाव तरल पदार्थको अणुहरू बिचमा हुने आकर्षणका कारण सिर्जना भएको हुन्छ । यही प्रभावलाई नै पृष्ठ तनाव भनिन्छ ।