"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९:
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने नतीजाबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर [[जनसङ्ख्या वृद्धि दर]], [[बसाइँ सराई|बसार्इं सराई]] दर, शिशु जन्म र मृत्युदर [[मातृ मृत्युदर]], [[साक्षरता]], [[रोजगारी]], लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्मको साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरू निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। <ref>http://www.eadarsha.com/archives/1050</ref>
==
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरूपमा राष्ट्रिय जनगणना सुरू भएको हो। सम्वत् १९६८ साल (सन १९११)मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा भएका जनगणनाहरू निम्न अनुसार छन्।
|