"डम्फु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा 117.111.24.23 (वार्तालाप)द्वारा दिपक सिंह रुम्बाद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनोहरू: प्रतिस्थापित पूर्ववत |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
[[File:Damfu nepal.jpg|thumb|200px|नृत्य प्रस्तुत गर्ने क्रममा डम्फू बजाउँदै मगर समुदायका युवकहरू]]
'''डम्फू''' हाम्रो चिनारीसँग जोडिएको बाजा हो । ठेट [[तामाङ भाषा]]मा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । विशेषतः तामाङ जातिमा लोकप्रिय र [[झाम्रे नाच]] तथा गीतमा [[गुरुङ जाति|गुरुङ]] र [[मगर जाति|मगर]]हरूले पनि प्रयोग गर्ने बाजा हो ।
== तामाङ किंवदन्ती==
केही [[तामाङ जाति|तामाङ]]हरूले अहिले पनि डाम्बा नै भन्ने गर्छन । प्राचीनकालमा [[पेङ दोर्जे]]ले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि [[कोइरालो]]को रूखको घेरामा [[हरिण|मृग]]को छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका हुन भन्ने [[किंवदन्ती]] तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डाम्बामा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ ।
|