"आन्ध्र महासागर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Atlantic Ocean - en.png|thumb|right|ग्लोबमा आन्ध्र महासागरको स्थिति]]
 
'''आन्ध्र महासागर''' वा '''अटलांटिक महासागर''' विशाल जलराशिको नाम हो जो [[युरोप|यूरोप]] तथा [[अफ्रिका]] महादेशहरुको नयाँ संसारका महादेशहरुदेखि पृथक गर्छ । [[क्षेत्रफल]] र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले [[पृथ्वी]] को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम [[ग्रीक भाषा|ग्रीक]] संस्कृतिबाट लिइएको छ जसमा यसलाई ''नक्शाको समुद्र'' पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर '''८''' को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । [[आर्कटिक सागर]], जो बेरिङ्ग जलडमरूमध्यबाट [[उत्तरी ध्रुव]] हुँदै स्पिट्सबर्जेन र [[ग्रीनल्याण्ड]]सम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो । यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ । यस्तै प्रकार दक्षिणमा दक्षिणी [[जर्जिया (स्पष्टता)|जर्जिया]]को दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो । यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ <ref name="NOAA-how-big">{{Harvnb|NOAA: How big is the Atlantic Ocean?}}</ref><ref name="Atlantic Ocean - Britannica">{{cite web|url=https://www.britannica.com/place/Atlantic-Ocean|title=Atlantic Ocean|publisher=Encyclopædia Britannica|archiveurl=https://web.archive.org/web/20170215072935/https://www.britannica.com/place/Atlantic-Ocean|archivedate=15 February 2017|accessdate=December 20, 2016|deadurl=no|df=dmy-all}}</ref>

यस अन्तर्गत समुद्रहरुलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरुको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरुको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरुमा लवणता अपेक्षाकृत कम रहेको छ ।
 
{{Infobox body of water
Line २४ ⟶ २६:
एटलान्टिक महासागरको गहिराईको प्रारम्भिक अध्ययनमा पनडुब्बी चालक (१८७३-७६) को अन्वेषण अभियानको समान अन्य वैज्ञानिकले महासागरको अन्वेषणहरुमा योगदान दिएका थिए । एटलान्टिक महासागरीय विद्युत केबुलहरुको स्थापनाका गर्नका लागि आवश्यक जानकारी प्राप्ति गर्नका लागि यस प्रकारका अध्ययनहरुले विशेष प्रोत्साहन दियो । यसको गहिराइ को सन्दर्भमा एउटा अन्वेषण टोलि सन् (१९२१) को अध्ययन अनुसार यस महासागरको औसत गहिराई, समुद्रहरुलाई छोडेर, ३,९२६ मीटर, अर्थात् १२,८३९ फिट छ । यसको ज्ञात अधिकतम गहिराई, ८,६०५ मिटर अर्थात् २८,२३२ फिट छ र यस महासागरको सबैभन्दा गहिरो भाग [[पोर्टोरिको ट्रेन्च]] हो जसको गहिराई लगभग ८,६०५ मिटर (२८,२३२ फिट) रहेको छ ।<ref>[http://www.sea-seek.com/site/Milwaukee_Deep Milwaukee Deep]. sea-seek.com</ref>
 
== सहायक धाराहरु ==
== सहायकधाराहरु ==
 
आन्ध्र महासागरको सहायकधाराहरु नियमितरुपमा हावाको दिशा अनुरूप बहन्छन् । तर स्थल खण्डको आकृतिको प्रभावबाट धाराहरुका यस क्रममा केही अन्तर अवश्य आउन जान्छ । उत्तरी अटलांटिक महासागरको धाराहरुमा उत्तरी विषुवतीय धारा, गल्फ स्ट्रीम, उत्तरी अटलांटिक प्रवाह, कैनेरी धारा र लैब्रोडोर धाराहरु मुख्य रहेका छन् । दक्षिणी अटलांटिक महासागरको धाराहरुमा दक्षिणी विषुवतीय धारा, ब्राजील धारा, फाकल्याण्ड धारा, पछौं प्रवाह र बैङ्गुला धाराहरु मुख्य रहेका छन् ।