"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

२००७ साल
पङ्क्ति ३१:
'''त्रिभुवन शाह''' नेपालका आठौं शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।
[[File:Tribhuvan.jpg|thumb|राजा त्रिभुवन]]
 
== २००७ सालको क्रान्ति ==
नेपाली काङ्ग्रेसको असोज ११—१२, २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । २१ कार्तिक २००७ मा क्रान्तिको घोषणा भयो । यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । तात्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले त्रिभुवनका चार वर्षीय माहिला नाति [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र]]लाई गद्दी आरोहण गराए ।
 
== दिल्ली सम्झौता ==
देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौंमा मात्र सीमित रहन पुग्यो । स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे ।
 
वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए । तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेबु्रअरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो ।
 
== दिल्ली सम्झौताका मुख्य सर्तहरू ==
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने
 
(ख) १० जना (५ [[नेपाली काँग्रेस|नेपाली काङ्ग्रेस]] र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने
 
(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने
 
(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने
 
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।
 
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र [[२००७ साल फागुन ७ गतेको शाही घोषणा]]मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।
 
[[File:Tribhuvan and sons 1932.jpg|thumb|राजा त्रिभुवन एवम् ३ पुत्रहरू सन् १९३२ मा]]