"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ८:
 
==सैनिक सदस्यता==
[[विश्वयुद्ध]] हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा [[गोर्खा रेजिमेन्ट]] थपेको थियो । त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ ।यो संख्या भनेको तत्कालीन पहाडी जनसंख्याकोजनसङ्ख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसंख्याजनसङ्ख्या नै ५४ लाख थियो ।
यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसंख्याजनसङ्ख्या घटेको तथ्यांकले देखाउँछ ।
 
यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री [[चन्द्रशमशेर]]ले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका [[सैनिक युद्ध]]मा जान्थे । त्यो बेला [[नेपाल सरकार]]ले केही सय थान [[राइफल]] पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि [[राणा सरकार]]ले बेलायतलाई सहयोग दिएको थियो ।ब्रिटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो ।त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।