"जगदीश घिमिरे" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ९:
| occupation = लेखक, सामाजिक कार्यकर्ता
| nationality = नेपाली
| education = एम्. ए. समाजशास्त्र <br> पोष्ट ग्य्राजुएट, जनसंख्याजनसङ्ख्या
| genre = जीवनी, फिक्सन, इतिहास
| notableworks = [[अन्तर्मनको यात्रा]]
पङ्क्ति २०:
 
==जीवनी==
जगदीश घिमिरेको जन्म वि.सं. २००२, चैत्र २८ गते, [[रामेछाप]] जिल्लाको [[मन्थली]] भन्ने गाउँमा भएको हो। उनले प्रारम्भिक शिक्षा नेपाल र उच्च शिक्षा भारत र बेलायतबाट प्रात्त गरे। सानैदेखि उनको अभिरुचि साहित्य र पत्रकारितामा थियो। त्यसैले उनले समाजशास्त्रमा एम्. ए. र जनसंख्यामाजनसङ्ख्यामा पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा उनको लामो संलग्नता रहेको छ जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक विकासमा ठूलो सहयोग पुर्याएका छन्। साहित्यिक र सामाजिक कार्यमा संलग्न हुने क्रममा उनले नेपाल, [[भारत]], [[पाकिस्तान]], [[श्रीलङ्का]], [[केन्या]], [[बेलायत]], [[सिङ्गापुर]], [[फ्रान्स]], युगोस्लाभिया, [[थाइल्याण्ड]] जस्ता थुप्रै देश भ्रमण गरिसकेका छन्। रामेछापमा विकास निर्माण र सामाजिक उत्थानको कार्य गर्दा घिमिरेले धेरै बाधा-विरोधहरूको सामना गर्नुपर्‍यो। तरपनि उनी निरन्तर रूपमा समाज रूपान्तरणको काममा लागिरहे।
 
जगदीश घिमिरेमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक सिहित्यसर्जक मात्र बनाएन एक सहृदयी विकासअभियन्ता पनि बनायो। सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन्। एबीसी नेपालमा कार्यरत दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलिन्। २०४६ सालतिर घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जिवनस्तर सुधार्न सक्रिय भए। यसक्रममा क्रियाशील जगदीश र दुर्गा घिमिरेमाथि राजनीतिक-सामाजिक विरोधीहरूको प्रहार पर्नु त स्वभाविक हो। तर घिमिरे दम्पत्तीमाथि अर्को आक्रमण पनि भयो जब जगदीशलाई 'माइलोमा' भन्ने रत्तक्यान्सर भयो। त्यसको उपचारको क्रममा भोग्नुपरेको दुःख-कष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक 'अन्तर्मनको यात्रा'मा छ। तर जगदीशले रोगलाई पनि पछारे। यो भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विचलितमनस्कता देखिएन। क्यान्सर भइसकेपछि पनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक विकास अभियानमानै यथावत सक्रिय रहे।<ref name=bishal>{{cite web|title=जगदीश घिमिरे र राजनिति|url=http://www.cdd.org.np/documents/45-short-articles/89-nepali-politics-jagidesh.html|accessdate=29 July 2013}}</ref>
"https://ne.wikipedia.org/wiki/जगदीश_घिमिरे" बाट अनुप्रेषित