"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
सा (वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि))
सा (वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या))
लायकु
 
इ. ८५० तिर विशालनगरको पतनपछि यहाँका कति वासिन्दाले बसाइसर्ने क्रममा काठमाडौं भेगमा पनि आइ बसोवास गर्न थाल्दा यहाँ जनसंख्याकोजनसङ्ख्याको बृद्धि भई बढी गुल्जार हुन थालेकोले होला इ. ९८७-९० तिर भएका राजा गुणकामदेवले पुरानो लायकु भेकमा नयाँ दरवार खण्ड बनाई राजधानी बनाएको अनुमान गरिएको छ । राजधानी हुने यो क्रम कहिलेसम्म कायम रह्यो भन्न सकिंदैन तर उक्त राजाकै पालामा यो भेकको सुधारका काम भएकोले विकासको क्रम अगाडि बढेको अनुमान गरिन्छ ।(डा.जगदिशचन्द्र रेग्मी,काठमाडौं शहर सांस्कृतिक अध्ययन भाग १ पृ.२३)
यो पुरानो लायकु भेक काठमाडौंको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शब्द भने किरात भाषाको भएको स्पस्ट छ । किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउँका नामहरूमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउँहरू पाइन्छन् । अधिकांस किरात भाषामा कु शब्दले पानी वा पानीले बनाएको उर्भर भूमीलाई जनाउछ । वाहिङ किरात मुङदुम अनुसार विसिकु दुङमाकुले पानी(वकु) र ङाकु दु विकु दुले खोला(गुलो) अर्थाउछ ।(तेजलाल वाहिङ, वाहिङ लोरोतुम्लो पृ.३३५) यस्तै कोइँच किरातमा लिकु, बुकु, पोकु जस्ता खोलाहरू तथा वाकुले पानी जनाए झै अन्य किरातहरूमा काकु-जेरुङ र वम्बुले), छइकु(कोयु), कांकु(दुमी), कु (तिलुङ थुलुङ) व्अकु (सुरेल) आदि । अत यो लायकु क्षेत्रपनि काठमाण्डौ उपत्यकाको कुनै नदी किनार मै अवस्थित हुनुपर्ने अनुमान गर्नसकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/666584" बाट अनुप्रेषित