"शान्ता थपलिया" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''शान्ता थपलिया''' (विक्रम संवत १९९८- २०६७) [[कानूनकानुन]]मा [[विद्यावारिधि]] गर्ने नेपालकी पहिलो महिला हो। महिलाका पक्षमा कानूनीकानुनी आधार तयार पार्न सक्षम [[अधिवक्ता]] थिइन्।
== जन्म ==
उनको जन्म [[तेह्रथुम जिल्ला]]को [[आठराई]]मा स्वर्गीय पिता चन्द्रप्रसाद प्रसाईं एवं माता बिष्णुमाया प्रसाईँको कोखबाट जन्मिएका एघार सन्तानमध्ये दोस्री सन्तानका रूपमा विक्रम संवत् १९९८ पुस १८मा भएको हो।
== शिक्षा र कानूनीकानुनी सेवा ==
थपलियाले [[क्यालिफोर्निया विश्वविद्यालय]]बाट एलएलएम र [[दिल्ली विश्वविद्यालय]]बाट विद्यावारिधि गरेकी थिइन्। उनले नेपाल ल क्याम्पसमा साढे तीन दशक अध्यापन पनि गरेकी थिइन्। मानव अधिकार संरक्षणमा गहिरो अभिरुचि भएकी थपलियाले नेपाल न्यायिक प्रतिष्ठान, प्रहरी सुधार तथा सुझाव आयोग, [[त्रिभुवन विश्वविद्यालय]]को प्राज्ञिक परिषद्लगायत संघसंस्थाको सदस्य भएर पनि काम गरेकी थिइन्। थपलिया सार्क क्षेत्रीय महिला अधिकार समितिमा पनि सदस्य थिइन्।
उनले नेपालको पारिवारिक कानूनकानुन, महिलाको सम्पत्तिमाथिको अधिकार, महिला अधिकारलगायत क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएकी छन्। मुलुकी ऐन ११ औं संशोधनको मस्यौदा उनैले तयार पारेकी थिइन्। छोरीले पनि अंश पाउने कानूनकानुन बनाउन उनले सरकारलाई निकै ठूलो दबाब दिएकी थिइन्।
मानव अधिकारको संरक्षण र विपतमा परेका महिलाको कानूनीकानुनी सहायतामा सक्रिय रूपले लागेकी थपलिया उनले २०४३मा [[कानूनीकानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक)]]को स्थापना गरेकी थिइन्।
सयौं असहाय महिलालाई कानूनीकानुनी सहायता प्रदान गरेकी थपलियाले आफू काम गर्न नसक्ने हालतमा पुगेको भन्दै आफ्नी छात्रा [[शशी अधिकारी]]लाई २०६७ भदौमा संस्थाको जिम्मेवारी सुम्पेकी थिइन्।
सन् १९९५मा [[बेइजिङ]]मा भएको महिलाको चौंथो विश्व सम्मेलनमा उनले नेपाली गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेकी थिइन्।
 
== कृति र कीर्ति ==
उनको आत्मकथा [[मनोबल]] प्रकाशित छ। विसं २०२५ सालदेखि कानूनीकानुनी सेवामा संलग्न उनलाई २०६७मा [[लक्ष्मण अर्याल महिला अधिकार पुरस्कार]] प्रदान गरिएको थियो।
कानूनीकानुनी क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै उनलाई २०६७ साउनमा [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]ले [[वरिष्ठ अधिवक्ता]]को उपाधि दिएको थियो।
== निधन ==
तीन वर्षदेखि [[पाठेघर क्यान्सर]]ले पीडित थपलियाको २०६७ माघ २४ सोमबार [[ललितपुर जिल्ला|ललितपुर]]को [[पुल्चोक]]स्थित निवासमा निधन भएको हो। श्रीमान्, एक छोरा, बुहारी र नातिका साथ बस्दै आएकी थिइन्।