"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
सा वि. म.: हिज्जे ठीक (-ठाउं +ठाउँ)
पङ्क्ति ३८:
 
[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी [[शिकागो]] पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि [[शिकागो]] पठाए । [[शिकागो]] पुग्दा विवेकानन्दको अवस्था खराब थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । [[शिकागो]]को स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो । साथमा रहेका अमेरिकी पैसा सकियो केवल [[श्रीमद्भगवद गीता|गीता]]को पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए ।
भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउंमाठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ-आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
 
==विश्वधर्म महासभा मन्तव्य==