"सीता" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ३१:
* कम्बरामायणका अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन्। यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन्।
 
* अन्य किम्बदन्ति का आधारमा सीतालाई [[जनकपुरधाम|मिथिला]]का राजा जनककी छोरी भनिएता पनि [[रामायण]]का अनुशार सीताको जन्म [[रावण]]की धर्म पत्नी [[मन्दोधरी]]को गर्भबाट भएको हो।<ref>भानुभक्तीय रामायण</ref> त्रेतायुगमा [[श्रीलंकाश्रीलङ्का|लंका]]का तत्कालीन राजा रावणले आफ्नो ताकतको घमण्डमा पृथ्वी भरी उत्पात मचाएको थियो। रावणले प्रत्येक दिन जनताहरूबाट कर असुलेर एक सेर सुन ल्याउने गर्थ्यो। यसरी बिथिती गरेका कारण सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंश नास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा एक सेरको तौल बराबर बनाएर राखे। केही दिन पछि रावण कर असुली गर्न ऋषिहरू भए ठाउँ गयो। ऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर भने "महाराज हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ। यो लिएर जानुस्।" यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर तौल गर्दा एक सेर पुरा भएकाले न खोलेरै आफ्नो घर ल्याएर आयो। रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दियो। मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ भन्ने बिचारले खोलेर हेर्दा रगत देखियो। मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको भएको ठानेर रिसले त्यो रगत पिईन्। केही दिन पछि मन्दोधरीलाई गर्भ रहयो। मन्दोधरीको पेटमा धेरै पिडा भएका कारण रावणले ज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगायो ज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावणकुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिए। यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लाग्यो। यसरी हेर्दा उसले जनकपुरमा राम्रो तलाउ देख्यो तलाउ गहिरो भएका कारण शिसु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा छोड्यो। केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो। यो खडेरीको निवारणार्थ राजा जनकले [[अश्वमेध]] यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो। राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाए। राजा जनकका अरु सन्तान नभएका कारण ती कन्याको पालन पोषण गरे। पछि गएर कन्याको नामकरण गरे। पहिले कन्याको जन्मको आधारमा "सिया" नाम राखे। पछि गएर "सिता" भन्ने गरियो। सितालाई "जानकी" पनि भनिएको छ।
 
सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ। नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो। राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो। यज्ञका लागि जमीन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ। जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ। रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ। राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन।
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित