"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-घटनाहरु +घटनाहरू)
सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति २७:
 
आचार्य शङ्करको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ । त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उनको जन्म वि.सं. ७४३ (सन् ६८६) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ ।<ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५}}</ref> उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।’
आठ वर्षमा संन्यास ग्रहण गरी [[व्यास]] परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एशियाएसिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । मृत्यु अघि उनले भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हो । त्यसैले [[पशुपतिनाथ]] हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल रहीआएको छ ।
 
==भिक्षाको शिक्षा==
पङ्क्ति ६७:
==उपसंहार==
 
हिन्दु धर्म [[वेद]]बाट उत्पत्ति भएको छ भन्ने कुरा त्यस बखत हिन्दुहरुले बिर्सिसकेका थिए । यस्तोमा निरन्तर, नथाकीकन एशियाकाएसियाका सम्पूर्ण स–साना देश र राज्यहरु घुमेर हिन्दु धर्मका स–साना शाखाहरु वेदरुपी विशाल वृक्षका अंगहरु हुन् भन्ने कुरा उनले प्रमाणित गरे । सबै मतवादहरु सनातन महाधर्मबाट उत्पत्ति भएका हुन् भन्ने कुरा उनले प्रतिष्ठित गरे । आचार्य शङ्करसग त्यसबेला हिन्दु धर्मबाट उत्पत्ति भएका ७५ ससाना मतावलम्बीका प्रमुखहरुसंग शास्त्रार्थ भएको थियो । जैन र बौद्ध मतावलम्बीहरुलाई पनि समावेश गर्दा उनले लगभग ८० मतावलम्बीहरुसंग विभिन्न स्थानमा शास्त्रार्थ गरेका थिए । यी सबै मत वेदमूलक हुन् भनेर परिश्रमपूर्वक उनले सबैको चित्त बुझाई एक विराट वैदिक धर्मको रचना गरे । उनको प्रयासले गर्दा नै हिन्दु, [[बौद्ध]], [[जैन]] आदि सबै मत सम्प्रदायहरु विशाल सनातन वैदिक वृक्षका शाखाहरु भन्ने कुरा उनले प्रमाणित भयोे । शङ्करको आविर्भाव र तिरोभाव १३०० वर्ष अघिक) घटनाहरू हुन् तर उनको जीवनी र वाणीले आज सम्म पनि हिन्दु धर्मको गति नियन्त्रित र नियमित भइ रहेको छ । त्यसैले उनलाई भगवान शङ्करको अवतार मानिन्छ । उनले गरेका धर्मोपदेश र मोक्ष प्राप्तिको अवधारणाको आधारमा उनलाई प्रच्छन्न बुद्ध पनि भनिन्छ । आचार्यले बुद्धलाई [[विष्णु]]को नवौं अवतारको रुपमा ग्रहण गरेका थिए । उनको योगदान कारणले नै आज समस्त हिन्दुहरु बौद्ध, जैन आदि ॐकार परिवारका सम्प्रदायलाई आफुले मानिआएको सम्प्रदाय सरह श्रद्धा र आदर गर्छन् ।
 
==आचार्य शङ्करको वाणी==
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित