[[चित्र:Rastrabank.JPG|thumb|(नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय)]]
ललिता निवास [[भिम शमशेर जङ्गबहादुर राणा|श्री ३ भीमशमशेरकाभीमशमशेर]]का छोरा हिरण्यशमशेर, हिरण्यका छोरा सुवर्णशमशेरको[[सुवर्ण शमशेर राणा|सुवर्णशमशेर]]को दरबार हो । [[नेपाली काँग्रेस|नेपाली कांग्रेसकाकांग्रेस]]का नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि । २०१६ सालमा [[विश्वेश्वरप्रसाद कोइरालाकोकोइराला]]को नेतृत्वमा बनेको सरकारमा सुवर्णशमशेर उपप्रधानमन्त्री थिए ।
राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपीसहित[[विश्वेश्वरप्रसाद कोइराला|बीपी]]सहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन [[कोलकाता|कलकत्ता]] गएकाले जोगिएका थिए । महेन्द्रले[[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]ले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए र !
१ पुस काण्डपछि सुवर्णशमशेर नेपाली कांग्रेसको कार्यवाहक सभापति भए । उनकै नेतृत्वमा पञ्चायती सत्ता विरुद्ध सशस्त्र संघर्ष शुरू भयो । त्यही क्रममा सुवर्णको ललिता निवासमा सरकार लाग्यो र [[नेपाल राष्ट्र ब्यांकबैंक]] बस्यो । २०३० असारमा सिंहदरबारमा[[सिंहदरवार|सिंहदरबार]]मा आगलागी भएपछि राविप जस्ता उच्चस्तरीय निकायको बैठक बस्ने कक्ष नभएकोले नवौं बैठक ललिता निवासमा भयो <ref>http://himalkhabar.com/news/8036</ref>।