"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द परिवर्तन (-कडीहरु +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति ९:
पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टकिो अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेसियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसाग लगभग मिल्दोजुल्दो छ। काठमाडौा र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ त्यसको प्रतिव्यक्ति आय एसियामा जापानपछि पहिलो छ।वैदेशिक परिवत्र्य मुद्रामा समेत आफ्नो मुद्रा पुर्‍याउन सफल सिङ्गापुर तुलनात्मक रूपमा अत्यधिक साधनस्रोत भएका आˆनै दुई छिमेकी राष्ट्र मलेसिया र इन्डोनेसियालाई समेत विकासका धेरै कुरामा उछिन्न सफल भएको छ।
 
पढाइमा सधैा उम्दा रहेका ली कानूनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले। यही समयमा उनी मजदूर युनियनका कानूनी सल्लाहकार पनि भए। सन् १९५४मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनीतिक संगठनसङ्गठन खडा भयो। उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे। सन् १९५५मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए। सन् १९५९मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे। सन् १९६५मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो।
 
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महìवपूर्ण हुने कुरामा विश्वस्त छन्। राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफैा राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् भन्ने ली नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढाचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् भन्छन् र चेतावनी दिन चाहन्छन् यी सबै प्राप्त गर्न सजिलो चैं छैन। yogesh rajbhandari
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित