"जुका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
 
==पानी जुका (2)==
प्राय पहाडी भु-भागमा बर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइएता पनि यो जुका पानीमा बस्दैन पानीको आसपास भने बस्छ। यो जुका पनि पानीमा बस्ने पहाडी जुका जस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँ देखी अर्को ठाउँमा विचरण गर्न सक्छ। यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ। शरिर पानिले भिजेको छ अथवा चिसो छ भने शरिरमा जुकाको प्रवेस थाह पाउन आँखाले न देखे सम्म असम्भव हुन्छ। सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्ष बाट थाहा पाउन सकिन्छ। जीव जनावरहरु तथा मान्छेको आवात जावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ। कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न शुरू गर्छ। करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ। जुका झरे पछी जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ। यो जुका पहाडी प्रदेशमा [[बैशाख]] देखी [[असोज]] सम्म देखिन्छ। त्यस पछी चिसो र सुखा याममा यो ढुङ्गामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ।
 
==पानी जुका (3)==
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित