"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
पङ्क्ति २२:
 
== राजनीतिक जीवन ==
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-४ को पण्डित गाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घर परिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनीतिक चेतना आयो उनको राजनीतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलन प्रति भयो। खनालले राजनीतिक जीवन २०२१ साल देखि शुरू गरे। मेची विद्यार्थी संगठनकोसङ्गठनको अध्यक्षबाट उनको राजनीतिक यात्रा सुरू भयो।<ref name="नागरिक न्यूज डट कम">नागरिक न्यूज डट कम</ref> २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए।
२०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्ति पछि सक्रिय राजनीति थालेका खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि २०२७/२८ सालतिर [[बागलुङ जिल्ला]] स्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गरे।
त्यही बेला हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष [[चित्रबहादुर केसी]] पनि त्यही विद्यालयमा पढाउँथे। राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चाधीशले निलम्बन गरेका थिए।<ref name="ReferenceA"/>
।<ref name="नागरिक न्यूज डट कम"/> त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनीतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए।
 
शिक्षण पेशा छोडेपछि उनले राजनीतिक शास्त्र र इतिहास लिएर [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातक तहसम्मको अध्ययन गरे। उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें [[शाह वंश|राजा बीरेन्द्र]]को राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका यिनी २०३३ सालमा [[झापा जिल्ला|झापा]]मा पक्राउ परे। खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए। पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको संगठनसङ्गठन' को-ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए।<ref name="नागरिक न्यूज डट कम"/>।
 
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२ मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्ति सङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले [[मदन भण्डारी]]लाई नेतृत्वमा स्थापित गरेको थियो।
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित