"जर्मनेली स्वतन्त्र सामाजिक-जनवादी पार्टी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन) |
||
पङ्क्ति ३:
'''जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी''' - अप्रिल १९१७मा गोथा शहरमा स्थापित [[जर्मनी|जर्मन]] राजनैरतिक पार्टी। त्यस क्रान्तिकारी उत्साहको वातावरणमा, जसमाथि [[रुस]]मा सम्पन्न भएको फेब्रुअरी बुर्जुवा जनवादी क्रान्तिले (सन् १९१७) निकै ठूलो प्रभाव पारेको थियो, [[जर्मन सामाजिक-जनवादी पार्टी]]को अवसरवादी नेतृत्वले पार्टीमा आम सदस्यहरूल् विश्वास दिन प्रतिदिन गुमाउदै थियो। यो पार्टी जनताको असन्तुष्टता घटाउने, क्रान्तिकारी संघर्षबाट उनीहरूको ध्यान हटाउने र क्रान्तिकारी मजदुर पार्टीको सिर्जना हुन नदिने उद्देश्यले स्थापना गरिएको थियो। तथाकथित 'स्वतन्त्रतावादीहरूले' मध्यमार्गी शब्दाडम्बरको आडमा सामाजिक अन्धराष्ट्रवादीहरूसँग 'एकता' स्थापना गर्न पुगे, वर्गसंघर्षबाट भाग्न थाले। [[कार्ल काउत्स्की|काउत्स्की]]पन्थी 'श्रमिक मण्डल' यस पार्टीको आधारशीला थियो।<ref name="vil">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९२</ref>
आफ्नो
अक्टुवर १९२०मा हाल्ले शहरमा भएको जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीको महाधिवेशनमा पार्टीभित्र फुट भयो। पार्टीको एक ठूलो हिस्सा दिसेम्वर १९२०मा जर्मन कम्युनिष्ट पार्टीसँग गएर मिल्यो। पार्टीका दक्षिणपन्थी तत्वहरूले आफ्नै पार्टी खडा गरे र पुरानो नाम 'जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी' कायम राखे। सन् १९२२ सम्म यस पार्टीको अस्तित्व रह्यो।<ref name="vil"/>
|