"शाह वंश" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति २६:
<nowiki>''</nowiki> वास्तवमा बाइसे-चौबीसेका कुनै झर्रा ठकुरी वा मतवाली ठकुरीहरूको वंशावली हराएमा “मगर गाउँ पस्नू' भन्ने शिखरनाथ सुवेदीको थरगोत्र प्रवरावलीमा (वाराणसी: १८२६) अमरवाणी त्यसै फुटेको होइन ‘’ मगर अधिकार कर्मी बम कुमारी बुढा मगरको भनाइमा पनि मगर र ठकुरी नाताले मामा भान्जा हुन भनेर मगर र ठकुरी विचको सम्बन्धलाई स्विकार्नु भएको छ |
केहि सहरिया ठकुरीहरूले आफुलाई राज परिवारको नजिक देखाउन तत्कालिन राज परिवारले जे जे गर्छन आफुहरुले त्यसै गरे | जसो तसो बाहुन बाजे उसो उसो स्वाहाः भन्दै अगाडीअगाडि बढ्दै गए पनि | गाउँ-गाउँमा रहेका ठकुरीहरू पनि त्यहि सिको गर्न ठकुरीहरुलाई नै आत्तुरी भयो त्यसैले दौडेर वाहुन पण्डितको खुट्टा समात्न पुगे | यो प्रवृत्ति गाउँ गाउँबाट दरवारिया हुन र विकसित हुन पनि उक्साहट गरियो | जसको फलस्वरूप ठकुरीहरूले बाबुसाहेव बन्ने रहरमा आफ्नो भेषभुषा विर्सिए र छाडी पनि दिए भने त्यो अहिले यस्ता संस्कार ठकुरीले खोज्नु परेकोले राउटे, कुसुण्डा र मगर संगहातेमालो गर्नै पर्छ भने उता मगरहरुले आफ्नो भाषा र चाल चलन सुरक्षित त राखे तर वंशको खोज तलास गर्दा ठकुरीहरु ( खान, शाह, सेन, उच्चै , समाल , चन्द, मल्ल , वंशी, उच्चै ) आदि जस्ता वंशसंग जोडेर हेर्नै पर्ने हुन्छ | इतिहास खोज्दा ठकुरीका थर नाखोतली मगरको इतिहास नै अपुरो हुन जान्छ र ठकुरीले पनि मगरको इतिहाससंग नजोडी सुखै छैन | इतिहासमा नुवाकोटे ठकुरीहरू वैश्य थिए भनेको वाहुनले चलाख्याई गरेर मगर हुन भन्न खोजेका हुन | इतिहासमा भएको यो घटनालाई प्रष्टाउन अहिलेका इतिहासकार पनि सर्माउछन | विपिन अधिकारी र रमेश ढुंगेलहरुले दांत चपाएर बोल्छन | यसरी दांत चपाएर वोल्ने वाहुनवाद र वादेहरु अहिले जनजाति हुँ भन्नेहरुले पनि गायत्री मन्त्र घोकेको झैँ फरर फह्राउछन |
मगर जातिको नाम‘ 'मगर' कसरी रहयो भन्ने कुरामा अहिले सम्मको सबै भन्दा पुरानो र भरपर्दो आधार जुम्लाका राजा पूण्य मल्लको कनकपत्र १२५८ मा‘ महाराजिः, महरा, महतो, मगर राजाहरूको उल्लेख भएको ताम्रपत्र नै हो । (खिलध्वज थापा मगर, मगर जाति एक ऐतिहासिक रुपरेखा) यहा मल्ल जातिकाको शाषकले नै मगर शब्दको नै पहिचान जोगाएका हुन भन्ने यो प्रमाणले देखाउछ |
मगर र ठकुरीको समाल, उचै, रुचाल, सुर्यवंशी आदि जस्ता थर पनि दुवै जातिमा पाइन्छ | त्यसैले माथिका दाजुभाइ र वंशका भनाइहरु सुन्नमा आउछन | यस्तो चर्चा हास्यास्पद ठान्ने दुवै समुहमा पाइन्छ तर यस्ता विषय वस्तुले विषेश महत्व राख्दैन भन्न सकिन्न , किनकि स्यांग्जा जिल्लामा रहेको आलम देवीको मन्दिर पूजा गर्न जाने त्यहाको ठकुरी तथा पूजारी मगरको सम्बन्ध त्यस्तै मनकामनाको मन्दिर र यसको किम्वन्ति प्रति फितलो मान्नु केवल ऐतिहासिक दुइ जाति विचको घनिष्ठताको महत्वलाई चुनौती र फोहोरी राजनीति भन्दा अर्को विकल्प नहोला | मगर र ठकुरीको सयुंक्त कुल पूजा गर्ने आलम देवीको मन्दिर र ठकुरीको कुल पुजाका पुजारी मगर भएको र गोरखाको मनकामना मन्दिरले राजा राम शाह र लखन थापाको इतिहास जिउदो राखेको छ | ठकुरी राजा र मगर पूजारी बनेर शक्तिको बांडफाड गरेको भन्ने कुरामा कसैले नलुकाए हुन्छ | परिस्थितिले गर्दा राज्य चलाउनेहरु राजनीति, शक्ति संघर्ष तिर उन्मुख हुदै गए भने पुजारीहरु सिमित बन्दै गए राजनीतिमा वाहुन हावी बन्दै गएपछि स्थानिमानी पूजा अर्चनामा राज्यले चासो नदिदा नै ठकुरी र मगरको अस्तित्व संकटमा परेको हो || द्रव्य शाहको इतिहास तिर यो लेख नपुगे पनि लिग लिग दौड मगरहरुको राजा चुन्ने दौड थियो भन्ने कुरामा कसैको दुइमत छैन तर मगर जाती मात्र दौडने त्यो दौडमा ठकुरी छुट्टै जात भएको भए कसरी दौडमा सामेल हुन्छ ? यो एउटा सजिलो प्रमाण हुदाँ हुदै इतिहास लेख्नेले गलत र घोक्नेहरूले फरक तरिकाले घोके अलिअलि टाठा वाठा भएकोले गलत व्याखा गरे | त्यसैले शाहराजाहरू मगर हुन र आदिवासी पनि हुन ।
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित