"लोसार" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ३०:
'''लोसार''' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषाहरूमा '''लो ''' अर्थात वर्ष वा साल भन्ने हुन्छ भने '''सार '''को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । लोसार मनाउने समुदायले बौद्ध [[ज्योतिष]] शास्त्रमा उल्लेख भए अनुसार 'लो' अर्थात वर्षलाई '''१.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग'''[[https://en.wikipedia.org/wiki/Tibetan_calendar]] गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ बर्ष)को स्वागतको लागि ठूलो जमर्को गर्नुपर्छ ।
 
[[image:Gumpa.jpg|thumb|right|200px|[[सिक्किम]]को एक गुम्बा अगाडीअगाडि लोसार मनाउँदै]]
ञिशुगु अर्थात [[कृष्ण पक्ष|कृष्ण]] प्यक्षिय [[चतुर्दशी]]को दिन अथवा जान लागको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न चीज (गेडागुडी)हरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खाइन्त । त्यस पछि आउन लागेको लोसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन् । विभिन्न किसिमका फलफूल र गेडागुडीहरू पनि सजाइन्छन् । लोसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन । विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी ध्वजाहरू फरफराउँछन् । साङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी लोसार मनाउने गर्छन् । यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्षोल्लासकासाथ १०-१५ दिनसम्म लोसार मान्ने परम्परा छ । शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरूले पनि हर्ष बडाई गरी यो लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ बर्ष लागेको हुन्छ । नयाँ बर्षको मतलव [[चन्द्र]], [[सूर्य]] र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तर तिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भनिएको छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होछार मान्ने गरेको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुणमा [[बुद्ध]]ले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन्<ref>[http://www.himalisherpa.com/loshar.php Himalaya Sherpa.com]</ref>।
 
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित