"मन्त्र" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति ११:
 
==मन्त्रको प्रभाव==
एकजना मान्छे बाटोमा हिंडिरहेको छ र एक भिखारीले त्यो मान्छेसँग याचना गर्छ भने त्यो मान्छेले भिखारी तर्फ हेर्दै नहेरेर अगाडीअगाडि बढ्छ केही पर गएपछि अर्को भिखारीले पहिलेको भिखारीले भनेको शब्द प्रयोग गर्दै त्यो बाटो हिंड्ने मान्छेसँग केही माग्छ भने त्यो मान्छे द्रवित भएर त्यो भिखारीलाई केही न केही दिएर जान्छ । यसमा दुईटै भिखारीहरूले एउटै शब्दको प्रयोग गरेका थिए तर पहिलो भिखारीले सामान्य तरिकाले आफ्नो कुरा भनेको थियो, अर्को भिखारीले त्यही शब्दलाई विशेष लयसँग उच्चारण गर्यो त्यसको प्रभाव त्यो व्याक्तीमा गहिराईंसँग पर्यो । भनाईको तात्पर्य यो होकी मन्त्रको प्रभावमा ध्वनी र लयको विशेष महत्व हुन्छ । जसको मूलमा निश्चित लय अथवा ध्वनी हुँदैन त्यो मन्त्र निरर्थक हुन्छ ।<ref name= "मन्त्र रहस्य"/>
यस प्रकारले ति शब्दहरू निरर्थक हुन्छन् जसको मूलमा अर्थ भए पनि ति शब्दहरू विशेष लयसँग उच्चारण गरिएन भने उनको प्रभाव सर्वथा नगण्य हुन्छ । जस्तै:- एक कवि सम्मेलनमा कुनै हास्यरसको कवि मञ्चमा उँभिएर एक विशेष लयसँग आफ्नो हास्य [[कविता]] सुनाउँछ भने टाढा बसेका श्रोताहरू पनि हाँस्न थाल्छन् । त्यही कवितालाई कुनै अन्य पाठकले त्यसै मञ्चमा उभिएर वाचन गर्छ भने एक स्रोता पनि हाँस्दैन । यसमा स्थान र शब्द उही हो तर एक व्यक्ति ति शब्दहरूलाई एक विशेष लयसँग पढ्छ भने त्यसको प्रभाव टाढा बसेका श्रोताहरूको चित्तमा पर्छ । तर उनै शब्दलाई लयको विना पढियो भने यसको प्रभाव बिल्कुल पनि पर्दैन ।<ref name= "मन्त्र रहस्य"/>
यसबाट प्रष्ट हुन्छ कि शब्द या उसको अर्थले मन्त्र शास्त्रको दृष्टिसँग विशेष महत्व राख्दैन, एक विशेष लय तथा ध्वनीले महत्वपूर्ण प्रभाव राख्दछ । कविले जुन शब्दको प्रयोग गरेका थिए ति शब्द एक अर्कासँग जोडिएकाले अर्थमय अवस्य थिए । तर, कविसँग कविता वाचन गर्ने एक विशेष ढङ्ग या लय महत्वपूर्ण थियो जसको प्रभाव श्रोताहरूमा पर्यो र उनीहरू टाढा बसेर पनि हाँस्न थाले । मन्त्रको मूल लय नै हो । जो साधक एक निश्चित लयको साथमा मन्त्रको उच्चारण गर्छ त्यो निश्चय नै सफलता प्राप्त गर्छ । तर, यदी सोझो रुपले त्यो मन्त्रको पठन गरियो भने त्यो प्रभावशाली हुँदैन किनभने त्यो शब्द अथवा वाक्यसँग लयको संयोग छैन ।<ref name= "मन्त्र रहस्य"/>
"https://ne.wikipedia.org/wiki/मन्त्र" बाट अनुप्रेषित