"पाण्डे (पलेउ)" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा (वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि))
पत्थरकोटका राजा हरिचन्दले कोलेउडामा नयाँ बस्ती देखेर आफ्ना मान्छे पठाएर ती मान्छेले पलेउ पाण्डेका पूर्वजको सबै हालखबर बुझी जेठा भाईको नाम हरीराज हो भन्ने बताए । यसरी आफ्नो नाम सित मेल खाएको र उत्तम खान्दानी ब्राह्मण बुझी उनीसित मितेरी लगाई मित्र बनाए । हालको गुणना र प्यानी भन्ने ठाउँको जग्गा दाइजो दिएर आफ्नो राज्य गरे पाउ पाला उब्जाई खानु भन्ने हुकुम दिए । यसरी ती हरी चन्द राजाको राज्य गरी अरु ब्राह्मणहरूले गरेको यज्ञबाट आर्जन भएको सबै धनले पाण्डेयका पूर्जहरू कोलेउडा हालको [[कैलपाल]] गाविस रुपल्लीमा रहन थाले ।
==कैलपाल देवताको आगमन==
एक दिनको कुरा हो, कोलेउडाका पाण्डे, कोली र कुंवर भैंसी लगेर लेक गएका थिए । त्यो दिन बरङ्ली भन्ने ठाउँमा कैलपाल देवताको पूजा भईरहेको थियो । पूजामा [[सल्लो]]को लिसो (खोटो) बाठ बत्ति बालिएको थियो र कुरोको पातिले पूजा भईरहेको थियो । तर देवताको शक्ति भने अपार थियो जुन अहिले पनि विद्यमान छ । त्यहाँका मानिसहरूको इच्छा अनुसार देवताले मन्दिर अगाडीअगाडि नै [[बाघ]] र [[बँदेल]] जस्ता जनावरहरू खडा गरि दिएको थियो । देवताको त्यस्तो शक्ति देखेर पाण्डे, कुंवर र कोली "यस्ता देउता हाम्रो गाउँमा भएको भए हामीले घिउको बत्ती बालेर चामलले पूजा गर्ने थियौं" भनी एक आपसमा कुरा गर्न थाले । तीनको त्यो कुरा सुनी देवता प्रसन्न भई तुरुन्तै कम्मान लिई तिनीहरूलाई आजको मितीले छ दिन भित्र तिम्रो गाउँमा आउने छु भन्ने बचन दिए । त्यस समयमा कोलेउडाको बसकट्टे भन्ने ठाउँमा निलपाल देउताको मन्दिर थियो । निलपाल देवताका धामी कोली थिए । तिनीहरू देउताको त्यो बचन सुनी खुशी भएर तुरुन्तै भैंसी ल्याएर घरमा आए । तेश्रो दिनमा बरङ्लीबाट एउठा ध्वजा उडेर आयो । त्यो ध्वजा जहाँ हाल कैलपाल देवताको मन्दिर छ त्यहाँ रोकियो । त्यो कुरा कुंवर गाउँका कुंवरले पाण्डेका पूर्वजलाई सुनाए । पाण्डेले गएर हेर्दा ध्वजाको फेद तिर एउटा लिङ्ग फुटेको देखे र [[असुरो]]को स्याउलाले छोपेर आए । कोलीको आरनमा गएर एक ताउली बनाउन लगाए । त्यो ताउली लिएर त्यो देवताको लिङ्गलाई छोपे । पछि सबै जना मिलेर मन्दिर बनाए । पाण्डेलाई पूजारी बनाएर पूजा आरम्भ गरे । <ref name= "पुस्तक"/> कैलपाल देवताको पूजा अहिले सम्म चलिरहेको छ र यस गाविसको नाम पनि यसै मन्दिरको नामले कैलपाल गाविस राखिएको छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/662375" बाट अनुप्रेषित