"गुल्मी जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि) |
||
पङ्क्ति ३६:
==परिचय==
शान्तिका अग्रदूत [[गौतम बुद्ध]]को जन्मस्थल [[लुम्बिनी अञ्चल]]का ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो। यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ। राजनीतिक रूपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका, १ नगरपालिका र ७५ गा.वि.स.मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ। छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ। विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाका सबै गाबिसहरूमा कच्ची मोटरबाटोबाट यातायात सञ्चालन भै रहेको छ। यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजीक रहेको रेसुङ्गा नगरपालिका १२ सिमिचौरमा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रूपमा
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम [[रुरु क्षेत्र]] , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि [[रेसुङ्गा]] क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका [[रुद्रवेणी]], [[कुर्घा मालिका]],श्रृंगाको [[श्रृंगीश्वर मन्दिर]], लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना [[विचित्र गुफा]], सिदेश्वर गुफा, अचमेश्वर गुफा(ग्वादी-५) आदि यसै जिल्लामा रहेका छन्।<br />
यि स्थानहरू धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रूपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो। यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको [[गिद्ध]] पाइएको छ। यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ। बिभिन्न जात जातिहरूको समिश्रण रहेको यस जिल्लामा जनजातिहरूको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन। लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरूलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ। <br />
|