"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति १७:
कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरूको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन । एकथरी विद्धानहरू गोपालराज वंशावली, भाषावंशावलीहरू, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरूको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् । यो समुहका विद्धानहरू यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरू प्राप्त नभएको र साहित्यिक सन्दर्भहरू कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।
 
उक्त धारणाका विपरीत अर्काथरी विद्धानहरू किरात कालका भनिएका कतिपय शाब्दिक अस्तित्व, लिच्छवि कालिन अभिलेखबाट प्राप्त संकेतहरू र ईशापूर्व का केही मूर्तिहरूको बनावट आदिलाई आधार मान्दै किरातकाल काल्पनिक नभई यथार्थ हुनसक्ने धारणा राख्दछन् । लिच्छवि कालिन अभिलेखमा उल्लेख भएका कुपासी (खोपासी), शङ्गा (सांगा), चङ्गु (चाँगु), तेङखु (टेकु), खोप्रिङ्ग (भक्तपुर), तेस्तुङ (टिस्टुङ) आदि नामवाचक शब्दहरू किरात शब्दहरू हुनसक्ने र लिच्छवि कालका केही प्रशासनिक ईकाइहरू मापचोक, कुथेर, शुल्ली र लिङग्वल जस्ता शब्दहरूले किरात कालिन जातीय तथा प्रशासनिक अस्थित्वलाई उजगार गर्दछन् । लिच्छवि राजा अंशुवर्माको हनुमानढोका अभिलेखमा किरात शब्द समेत देख्न सकिन्छ । पशुपतिको विरूपाक्ष मूर्तिको साक्षत रूप किरात आकार प्रकार झल्कने खालको हामी अहिले पनि देख्न सक्दछौं । यी यस्ता आधारहरूलाई मध्येनजरमा राख्दा किरात युग तथा सभ्यतालाई नेपालको ऐतिहासिक युग भन्न सकिन्छ । किनभने नेपालमा लिच्छवि भन्दा अगाडीअगाडि किरातकालमा नै संगठित राज्य व्यवस्थाको जग बसिसकेको देखिन्छ । गोपाल र महिषपाल कालमा कृषि र पशुपालन जस्तो सभ्यताको सुरुवात भैसकेको र किरातकालमा आईपुग्दा राज्यव्यवस्थाको स्थिति संगठित भैसकेको देखिन्छ । किरातकालमा राजतन्त्रात्मक व्यवस्था अन्तर्गत बिभिन्न अड्डा अदालतको स्थापना, व्यापार, उद्योगधन्दा द्धारा संगठित आर्थिक व्यवस्था र वैदेशिक सम्बन्धको सुरुवात समेत भएको बुझिन्छ ।
 
किरातहरूका बारेमा बिभिन्न पौराणिक ग्रथहरूमा उल्लेख भएतापनि यस जातिको उत्पत्ति, नेपाल खाल्डो माथिको अधिन, राज्यव्यवस्था एवं सभ्यताका बारेमा यथेष्टरूपमा विश्लेषण गरी निष्कर्षमा पुग्न सक्ने आधारहरू अहिले सम्म प्राप्त नभएका कारण यसै भन्न सक्ने अवस्था भने छैन् । गोपाल वंशावलीमा तामाकोशी र सुनकोशी बीचको भूभागमा बस्ने किरातहरूले महिषपालहरूलाई जिती नेपाल खाल्डोमा आफ्नो राज्य कायम गरेको उल्लेख पाइन्छ । भाषावंशावलीमा “म्लेच्छ” जातिका किरातीहरू पूर्वबाट महाप्रतापसँग आई महिषपाल राजासँग युद्धमा जिती नेपालका राजा भया भनि उल्लेख गरेको र प्रथम किराती राजा यलम्वर भनी उल्लेख गरेका छन् । यी सबै आधारबाट महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरातहरूले आफ्नो राज्य स्थापना गरेको देखिन्छ । तर समयको भने कुनै श्रोतमा उल्लेख भएको पाईदैन । ईशापूर्व १२०० तिर किरातहरूबाट नेपाल खाल्डोमा आक्रमण गरिएको भन्ने अनुमान गरिएको छ ।
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित