"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा Robot_Word_fixing_(test_run)
सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
पङ्क्ति ३:
'''केन्द्रीय बैंक''' देशको सबैभन्दा ठूलो बैंक हुन्छ जसले निजी र सरकारी बैंकको निरीक्षण गर्दछ । केन्द्रीय बैंकले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैंकले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैंकले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैंकले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैंकलाई दिने दिशा निर्देशहरू तय गर्ने काम केन्द्रीय बैंकको हुन्छ । यो बैंकको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् , जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।
 
२० अौं शताब्दीको सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रिय बैंकका कार्यहरु स्पस्ट रुपमा परिभासित भै सकेका थिएनन् । वास्तवमा केन्द्रिय बैंकको भूमिका योजनाबद्द र सुबिचारित ढंगले परिभासित र बिकासविकास भएको पनि होइन । अाबश्यकता र अनुभवको आधारमा केन्द्रिय बैंकको अबधारणाले क्रमिक रुपमा आकार ग्रहण गर्दै गएको देखिन्छ । नोट निस्कासन गर्ने र सरकारी कारोबार गर्ने एकलौटी अधिकार पाएका वाणिज्य बैंकहरु नै पछी गएर केन्द्रिय बैंकको रुपमा रुपान्तरित हुन पुगेको देखिन्छ । त्यस बखत त्यस्ता बैंकहरु लाई केन्द्रिय बैंक नभनी नोट जारी गर्दा जमानत राख्नुपर्ने र माग भएका बखत त्यस्ता नोटहरुको भुक्तानी सुन चाँदी या दुबैको रुपमा दिने सरकारले जारी गरेका निर्देशनहरु पालना गर्ने कार्य ति बैंकहरुले गर्ने गर्दथे । सरकारले ति बैंकहरुलाई आवश्यकता बमोजिम अरु यस्तै प्रकृतिका जिम्मेवारीहरु थप्दै गए । अन्ततागत्वा त्यस्ता बैंकहरु केन्द्रिय बैंकको रुपमा स्थापित हुँदै गए र केन्द्रिय बैंकले गर्ने कार्यहरु पनि स्तरीकरण हुँदै गयो ।
 
स्वीडेनको बैंक अफ स्वीडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैंक भएता पनि बेलायतको बैंक अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैंकको रुपमा लिईन्छ । बैंक अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैंकलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन् १८३३ मा पारीत ऐनले उक्त बैंकले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैंक हुन पुग्यो ।
पङ्क्ति १६:
*बैंकहरुको बैंक
*बिदेशी बिनिमय नियन्त्रण
*बैँकिङ प्रथाको बिकासविकास
*पुँजीको परिचालन र राष्ट्र ऋणको ब्यबस्था
*साख सृजना र नियन्त्रण