"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
पङ्क्ति २९:
:वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
 
इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइपी ठेगाना, [[डोमेन नाम]] जस्ता संसारभर दोहोरिन नहुने आयामहरुको ब्यबस्थापन केन्द्रिकृत रुपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुले गर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क संचालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट संजालको बिकासविकास भएको हो ।
 
=== सेवा, सुबिधा ===
'''संचार माध्यम'''
 
यथार्थमा इन्टरनेटको शुरुवात एक संचार माध्यमको रुपमा नै भएको थियो | शुरुका दिनहरुमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुले आफ्नो आफ्नो कम्प्युटर हरु एक्लो रुपमा चलाउनु भन्दा तिनीहरुलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारी हरु अरुकहाँ पुर्याउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरुले कम्प्युटरहरुलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको बिकासविकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो |
 
इन्टरनेट आधारभूत रुपमा कम्प्युटरहरु बिचको संचार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको संचार साधनको रुपमा विकास भयो | अझ हालका दिनहरुमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक संचार साधनभन्दा बढी एक आधारभूत संरचनाको रुपमा स्थापित भैसकेको छ जसमा संचार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन् |
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित