"नरसिंह" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति १०:
[[Image:Narasimha oil colour.jpg|200px|thumb|नरसिँहावतार]]
 
केही दिनपछी हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए। प्रह्लादलाई देखेर हिरण्यकशेपु फेरी प्रह्लादलाई सम्झाउन लाग्यो। तब प्रह्लादले हरि भन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहराए। रिसले चुर भएको हिरण्यकशेपुले "यदी तेरो हरी सबै ठाउँमा छ भने मेरो साम्ने हरिलाई देखा" भन्यो। तब प्रह्लादले हरिको ध्यान गर्दै बिष्णुको आवाहन गरे। केही छिनमै भगवान विष्णु खम्बाबाट नृसिँह अवतारमा प्रकट भए। यो देखेर हिरण्यकशेपुले खम्बालाई तरवारले काट्यो। तब भगवान नूसिँह पनि रिसाएर हिरण्यकशेपुलाई मार्न अघाडी सरे नृसिँह भगवानको आधा शरिर सिँहको र आधा शरिर मान्छेको थियो। यसो भएकाले उनी न जनावर थिए न मान्छे। जतिखेर हिरण्यकशेपुलाई मारियो त्यो समय संध्या समय थियो त्यो समयमा न त घाम थियो न रातको अँधेरो। तब सबै विधी मिलाएर भगवान नरसिँहले हिरण्य कशेपुलाई घरको वीच ढोकामा आफ्नो काखमाथी राखेर नँग्रा धसी मारे। ब्रह्माजीको सबै वाचा मिलाएर मारे पछि गएर नरसिँहको क्रोधले सारा संसार जल्न लाग्यो। नरसिँहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदी देवी देवताहरू आएर प्राथना गरे तर क्रोध झन बढ्दै गयो। अंतमा प्रह्लादले प्रार्थना गर्दा नरसिँहको कोप शान्त भयो। प्रह्लाई ज्ञान दिएर नृसिँह भगवान अन्तर्ध्यान भए। प्रह्लादले पनि हरि भक्तीमा ध्यान दिएर राज पाठ सम्हाले। प्रह्लादलाई ज्ञान सिकाउनको निमित्त भगवान विष्णूले दत्तात्रय अवतार लिएका थिए। दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाएका थिए।<ref>पृष्ठको सबै सामाग्रीसामग्री सुब्बा होमनाथ केदारनाथ कृत सुकसागरबाट लिएको</ref>
[[Image:ॐ.jpg|100px]]
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist|}}
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/नरसिंह" बाट अनुप्रेषित