"किराँती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । [[पृथ्वीनारायण शाह]]ले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा [[दोलखा]], [[रामेछाप]] र [[सिन्धुली]] वल्लो किरातमा पर्छ भने सुनकोसी देखि अरुण नदिसम्मका भाग माँझ किरातमा पर्दछ । अरुणदेखि पूर्व मेचि नदीसम्मको भूभाग लिम्बुवान भित्रपर्दछ । वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराती समुदायभित्र समेटेको देखिन्छ । यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड,तामाड, थकाली, शेर्पा, मगर आदि सवै किराती सम्प्रदायभित्र पर्दछन् । तर यी जातिहरूले आफूलाई किराती जातिको रूपमा स्विकार गर्दैनन् । किराती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू सुनुवार, राई, याक्खा र लिम्बू हुन् । वल्लो किरातमा भाषिक दृष्टिकोणले किराती विशेषता देखाउने भाषाहरूमा हायू र सुनुवार छन् । हायू रामेछाप र सिन्धुलीमा थोरै सख्याका वक्ताहरूले बोल्छन् । त्यसैगरि सुनुवार भाषा सुनकोसी वरिपरि सुनुवार जातिका मानिसहरूले बोल्दछन् । सुनुवार जस्तो हायुहरू आफूलाई प्रष्टरूपमा किराँती भन्दैनन् । तर उनीहरूको भाषाको वर्ण निर्माण, क्रियारूपावली र वाक्य सरचना हेर्दा उनीहरूको भाषाको नाता किराती भाषाहरूसँग भएको स्पष्ट हुन्छ । यो भाषामा अन्य किराती भाषाहरूमा नपाइने अघोष, कण्ठय उष्ण वर्ण पाइन्छ ।
 
माझ किराँतको सुदुर पश्चिम [[ओखलढुङ्गा जिल्ला]]मा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ । उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ । उत्तर पश्चिम [[सोलुखुम्बु जिल्ला]]मा खालिङ् र थुलुङ् बोलिन्छ । यी भाषाहरू टोनल हुन् । [[खोटाडखोटाङ जिल्ला]]को उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन् । यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन् । [[खोटाडखोटाङ जिल्ला]]कै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ । करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ । [[भोजपुर जिल्ला]]को दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ । यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ ।
 
पल्लो किरात वा लिम्बुवानको पश्चिम क्षेत्रमा छिन्ताड राई बोलिन्छ । वीच भागमा बेलहारे राई र आठपरे राई बोलिन्छ । छिन्ताङ् गाउँ विकास समिति र बेलहरा गाउँ विकास समितिमा बोलिने राई भाषा भएकाले यिनीहरूलाई क्रमशः छिन्ताड राई र बेलाहारे राई भाषा भनिएको हो । आठपरे राई सदरमुकाम वरिपरि र भिर गाउँ गाउँ विकास समितिमा बसोबास गर्दछन् । पूर्वतिर [[धनकुटा जिल्ला]]का केहि भागहरू ताङ्खुवा, तेलिया, परेवादिन, मुर्तिढुङ्गा, हात्तिखर्क आदि गाउँ विकास समितिहरूमा र [[तेह्रथुम जिल्ला]]का सुदाप, ओख्रे, बसन्तपुर, हमर्जुड, पञ्चकन्या पोखरी जस्ता केहि गाउँ विकास समितिहरूछत्थरे लिम्बू बोलिन्छ । फेदापे, पान्थरे र तमरखोले लिम्बुहरू [[तेह्रथुम]], [[पाँचथर]] र [[ताप्लेजुङ्ताप्लेजुङ]]मा बोलिन्छ । उत्तर तर्फ [[सङ्खुवासभा जिल्ला]]मा याम्फे, लोहोरुङ् र मेवाहाङ् भाषाहरू बोलिन्छ ।
 
नेपालमा बोलिने किराती भाषाहरू क्रमशः लोप हुँदै जाँदैछन् । [[धनकुटा जिल्ला]] सदरमुकामबाट उत्तर तर्फ बोलिने मुगाली, फाङ्दुवाली र लुम्बा याक्खाहरू अहिले बोलिन छोडिएका छन् । आठपरिया, साम, बुङ्लाबा, मेवाहाङ्, तिल्लुङ् भाषाहरूका वक्ताहरू पनि ५०० भन्दा कमै सङ्ख्यामा देखिन्छन् । तुलनात्मकरूपमा राम्रो वक्ता सडख्या भएको चाम्लिड राई भाषाको स्थितिमा समेत चिन्ता व्यक्त गर्नु थालिएको छ । अहिलेसम्म भएका किराँती भाषाहरूमा वान्तवा राई र लिम्बू मात्र १ प्रतिशत भन्दा बढि मातृभाषीहरूले बोल्दछन् । यी भाषाहरूमा पाठ्य पुस्तक, सन्दर्भ सामाग्री, साहित्यिक रचना आदि लेखन भइरहेकेको छ र रेडियोमा समचार र [[गोरखापत्र]]मा लेखहरू आइरहेका छन् । यति हुँदाहुँदै पनि यी भाषाहरूको स्थिति पनि दिनानुदिन कमजोर हुँदै गइरहेको छ ।