"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-घटनाहरु +घटनाहरू)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
पुस्तकमा बहादुर शाहको हत्याकाण्ड, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कुख्यात [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ । भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्राकुराहरु गाएको भएपनि उनले शक्ति हातपार्नका लागी गरेका हत्याहरुको विवरण इतिहासहरुमा पाइँदैन । त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ । यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरुले षडयन्त्रगरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ ।
==भिमसेन थापा==
“राजा श्री ५ राजेन्द्रविक्रम शाह तथा महारानी साम्राज्यलक्ष्मी देवीकै निर्देशनानुसार रगतले लथपथ भएको यिनको (भिमसेन थापाको) अद्र्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसे बगरमा लगरेर लावारसि अवस्थामा फ्याँकियो जुन बगरमा तेत्तीस वर्षजति पहलिे चौतारा वदिुर शाही, चौतारा शेरबहादुर शाही(लयाइते तर्फका [[रणबहादुर शाह]]का दाजुहरु, शेरबहादुरले बहादुरशाहकोबहादुर शाहको हत्याका लागी रणबहादुर शाहलाई उक्साएका थिए र पछि रणबहादुरलाई सभामै तरबार प्रहार गरेर मारेका पनि थिए, [[जंगबहादुर राणा|जंगबहादुर कुँवर राणा]]का बाजेपिता बालनरसिंहले शेरबहादुरलाई लगत्तै मारेका थिए ) तथा पाल्पा राज्यका राजा पृथ्वीपाल सेन लगायतका पैँचालीस जनाजति निरपराध व्यक्तिका लासहरु अमानुषिक रुपमा स्याल, कुकुर तथा गद्धिहरुलाई निर्दयतापूर्वक लुछाइएका (रणबहादुर शाहको हत्याको अभियोगमा विभिन्न व्यक्तिहरुद्वारा मारिएका भएपनि भिमसेन थापाले शक्ति हत्याउने नियतकासाथ सबै रचेको आरोप आचार्यले लाएका छन्) थिए ।
 
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गद्धिहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
पङ्क्ति ४१:
 
इतिहासको आधार राजाका नाममा लेखिएका अर्जीपत्रहरुलाई मानिएको छ । बाबुराम आचार्यका कुराहरु अन्य केहि पुस्तकसँग बाँझेका छन् । उदाहरणका लागी अलि रियाज र सुभो बासुको प्याराडाइज लस्ट स्टेत फेलर इन नेपाल पुस्तकमा नेपाल १७९२ मा चिनियाहरुबाट हारेपछि एकिकरण अभियान रोकिएको र १८१६ पश्चात लगभग अंग्रेजबाट संरक्षित राष्ट्र भनेर उल्लेख गरिएको छ । आचार्यले भने कहिँ कतै यस्तो संकेत गरेका छैनन् । नेपाली शासकले अंग्रेज रिझाउने प्रयास गर्ने गरेको र बेलाबेला शक्तिमा आउन चाहने भारदारले समेत अंगे्रजको मनोदशा अनुसार कदम चाल्ने र दरबारले दूताबासमा शरण लिन जाने जस्ता कुराहरु त उल्लेख गरिएका छन् तर ठाडो हस्तक्षेपका कुराहरु उल्लेख छैनन् ।
 
====
केही गौरव गर्नु पर्ने कुराहरु पनि बाबुराम आचार्यले पुस्तकमा उल्लेख गरेका छन् । नौ हजारजछि चिनियाँ सैनिकहरुको नेतृत्व ग्रहण गर्दै सेनापति तुङ्थ्वाङ्ले केरुङ्तर्फको बाटोहुँदै विंसं १८४९को आषाढमा नेपाल प्रवेश गरिरहेका सैनिकलाई लिस्ती नामक ठाउँमा [[नेपाली सेना]]ले वीरतापूर्वक रोकिदिएका थिए । बेत्राबती नदि पार गरेका तीनहजार चिनियाँ सैनिकको फौजलाई हराइ चिनीयाहरुलाई पछि हट्न बाध्य पारे पछि नेपाल र चिन बीच सन्धी सम्पन्न भएको थियो । [[बहादुर शाह]]ले यी युद्धमा बढि खर्च गरेको भन्ने आरोप खेप्नु परेको कुरा पनि पुस्तकमा उल्लेख छ ।