"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-घटनाहरु +घटनाहरू)
पङ्क्ति ३०:
}}
 
‘अब यस्तो कहिल्यै नोस्’ इतिहास सिरोमणी बाबुराम आचार्यका ऐतिहाँसिक लेखहरुको सँगालो हो । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरुमा [[बहादुर शाह]] देखि देब शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरुकोघटनाहरूको बारेमा जानकारी पाइन्छ । विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् । यस अघि पढेको जगदीश घिमिरेको सकसमा उल्लेख गरिएका धेरै घटनाहरुकोघटनाहरूको सत्यताका बारेमा शंङ्का उत्पन्न भएको थियो । यो पुस्तक पढ्दा त्यसमा भएका धेरै कुराहरुको गैह्र आख्यानपूर्ण विवरण पाइन्छ । सायद जगदीश घिमिरे जिवितै छँदा उनको पुस्तकका बारेमा गहन छलफल भएर त्यसको श्रोत सामग्रीका बारेमा पनि केहि प्रकाशित भएको भए उनको पुस्तकको महत्व अझै बढ्ने थियो । सकस पढिसकेकालाई यो पुस्तक पढ्नुले अझै फाइदा पु¥याउँछ र यो पढिसकेकालाई सकस पढ्नुले अझै थप जानकारी हाँसिल गर्न मद्दत गर्छ ।
 
पुस्तकमा बहादुर शाहको हत्याकाण्ड, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कुख्यात [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ । भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्राकुराहरु गाएको भएपनि उनले शक्ति हातपार्नका लागी गरेका हत्याहरुको विवरण इतिहासहरुमा पाइँदैन । त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ । यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरुले षडयन्त्रगरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ ।
पङ्क्ति ४६:
एकिकरणका सबालमा पिताको जस्तै सोच राख्ने भएपनि रणबहादुरले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि बहादुर शाहले चिनियाँ अधिकारी गुहारेको प्रसंग विदेशी हस्तक्षेप बढाउनमा देशकै सासकहरु पहिले देखिनै तल्लीन थिए भन्ने देखिएको छ । जे होस् यो पुस्तकले नेपाली इतिहासको केहि दुःखद र पाठ सिक्नु पर्ने दिनहरु पाठक माझ ल्याएको छ । इतिहास र राजनीतिमा रुचि राख्नेका लागी यो एकदमै उत्तम पुस्तक हुन सक्छ । साथै यसालाई सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरेर पुरानो इतिहासको पुनर्लेखन गर्नेका निम्ती पनि यो पुस्तकले बलियो आधार दिन्छ ।
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रुपले सच्चिएका छैनन् । इतिहास लेखनको आधार प्रष्ट रुपमा उल्लेख गरिएका छैनन् । पुस्तकमा उल्लेख घटनाहरुघटनाहरू कुनै आँखोदेखि बयान नभएकाले श्रोत सामग्रीको उल्लेखले विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इक्षुकका निम्ति पनि बाटो खुल्थ्यो । बहादुर शाह देखि देबशम्शेर सम्मको इतिहास छेउ न टुप्पोको भएको जस्तो लाग्छ । [[पृथ्वी नारायण शाह]] देखि ००७ साल सम्मको भएको भए देश निर्माण देखि प्रजातन्त्र सम्मको इतिहास भन्न मिल्थ्यो । जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्छक हो । मलाई लाग्छ ‘सकस’ पढेकाले झन् छुटाउनै हुँदैन ।<ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
[[श्रेणी:साहित्य]]