"अन्धविश्वास" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-घटनाहरु +घटनाहरू)
पङ्क्ति १:
आदिम मनुष्य अनेक क्रियाहरु र [[परिघटना|घटनाहरुघटनाहरू]]का कारणहरुलाई जान्न पाउँदैनथ्यो। अज्ञानतावश उसको धारणा थियो कि यी सबैको पछि कुनै अदृश्य [[शक्ति]] छ। वर्षा, बिजुली, रोग, [[भुँइचालो|भूकम्प]], वृक्षपात, विपत्ति आदि अज्ञात तथा अज्ञेय [[देव]], [[भूत]], प्रेत र पिशाचहरु प्रकोपका परिणाम मानिन्थे। ज्ञानको प्रकाश भएर पनि यस्ता विचार हराएर गएनन्, मात्र यी अंधविश्वास मानिन थालिए। आदिकालमा मनुष्यको क्रिया क्षेत्र संकुचित थियो। यस कारण अंधविश्वासको सङ्ख्या पनि कम नैं थियो। जब जब मनुष्यका क्रिया-कलापको विस्तार भयो तब अंधविश्वासको जाल पनि फैलियो र यिनका अनेक शाखा-प्रशाखा भए। अन्धविश्वास सार्वदेशिक र सार्वकालिक छ। [[विज्ञान]]का प्रकाशमा पनि यो लुकेर बस्छ। यसको कहिले सर्वथा उन्मूलन हुँदैन।
== अन्धविश्वासको वर्गीकरण ==
अन्धविश्वासको सर्वसम्मत वर्गीकरण सम्भव छैन। यसको नामकरण पनि कठिन छ। [[पृथ्वी]] [[शेषनाग]]माथि छ, [[वर्षा]], गर्जन र बिजुली [[इन्द्र]]का कामहरु हुन्, भूकम्पकी अधिष्टात्री एक देवी छे, रोगहरुका कारण प्रेत र पिशाच हुन्, यस प्रकारका अन्धविश्वासलाई प्राग्वैज्ञानिक वा धार्मिक अन्धविश्वास भनिन्छ। अन्धविश्वासको अर्को ठूलो वर्ग छ मन्त्र-तन्त्र। यस वर्गका पनि अनेक उपभेद छन्। मुख्य भेद हुन् रोग निवारण, वशीकरण, उच्चाटन, मारण आदि। विविध उद्देश्यहरु पूरा गर्न मन्त्र प्रयोग प्राचीन तथा मध्य कालमा सर्वत्र प्रचलित थियो। [[मन्त्र]] द्वारा रोग निवारण गरिन्छ भन्ने अनेक मानिसहरुको व्यवसाय थियो। विरोधी र उदासीन व्यक्तिलाई आफ्नो वशमा गर्नु वा अर्काका वशमा गराउनु मन्त्र द्वारा सम्भव मानिन्थ्यो। उच्चाटन र मारण पनि मन्त्रका विषय थिए। मन्त्रको व्यवसाय गर्ने दुइ प्रकारका हुन्थे-मन्त्रमा विश्वास गर्ने, र अर्कालाई ठग्नका लागि मन्त्र प्रयोग गर्ने।
"https://ne.wikipedia.org/wiki/अन्धविश्वास" बाट अनुप्रेषित