"राणा शासन" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा (वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं))
नेपाली कांग्रेसले मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र विद्रोहको उद्घोष गरसिकेको थियो । त्यस क्रान्तिमा विद्यार्थी पनि सरकि हुनुपर्छ भनेर वनारसबाट ५० जना विद्यार्थी वीरगन्जको युद्धमोर्चामा खट्ने निर्णय गर्‍यौँ । तर, त्यसका लागि पटनामा रहेको नेपाली कांग्रेसको हेडक्वार्टरमा कमान्डर मातृकाप्रसाद कोइरालासँग सम्पर्क गरेर अनुमति लिनुपर्ने प्रावधान थियो ।
मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको झन्डा नबोकी मोर्चामा सरकि हुन नपाइने उर्दी सुनाएपछि शैलेन्द्रकुमार उपाध्यायसहित ११ जना कम्युनिस्ट समर्थक विद्यार्थी रक्सौलमा रहेको छुट्टै क्याम्पमा बस्ने गरी त्यहाँबाट बाटो लाग्यौँ । पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यलगायतका कम्युनिस्ट नेताहरू रक्सौलको त्यही क्याम्पमा आन्दोलनलाई सघाउन पुगिसकेका थिए । आन्दोलनमा सरकि हुन त्यहाँ पुग्नेजति सबैलाई उनीहरूले उसिनाका चामल र भान्टाको तरकारी खुवाउने प्रबन्ध मिलाएका थिए । हामीले पनि खूब खायौँ ।
यत्तिकैमा थीरबम मल्लले सहादत प्राप्त गरेको खबर आयो । मलाई पनि ज्यादै उकुसमुकुस भयो । आन्दोलनको मोर्चामा सरकि भएर 'बरु शहीद हुन्छु, त्यत्तिकै बस्िदनँ' भन्ने अठोट गरेँ । मलाई काठमाडौँकाठमाडौं गएर आन्दोलनमा सरकि हुन भनियो । तर, राहदानी मिलेन । त्यसपछि म वनारस फर्किएँ । पाल्पा सहायक मण्डल भन्ने पाल्पाली विद्यार्थीको एउटा संगठन थियो, त्यसैको भेला आयोजना गरी पाल्पा जाने र त्यहीँबाट आन्दोलन उठाउने सल्लाह भयो । पाल्पाबाट लालप्रसाद चित्रकार मलाई लिन नौतनवासम्म आउने व्यवस्था पनि उनीहरूले नै मिलाए ।
भारतमा कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामै थियो भने नेपालमा पनि सहज अवस्था थिएन । २००७ सालको परविर्तनपूर्व कम्युनिस्ट त के नेपाली कांग्रेसको झन्डा पनि सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने अवस्था थिएन । तसर्थ, डिल्लीरमण रेग्मीको सम्पर्कमा रहेर केही समय काम गरेको र उनीसँगको सम्बन्ध पनि सुमधुर नै रहेकाले शैलेन्द्रकुमार उपाध्यायको सल्लाहमा रेग्मीको स्वतन्त्रता, समानता र भाइचाराको प्रतीकस्वरूप तीनतारे झन्डा बोकेर पाल्पा जाने र त्यसैका मुनि पाल्पामा कम्युनिस्ट पार्टीको आन्दोलन सञ्चालन गर्ने कुरा भयो ।
चित्रकार मलाई लिन नौतनवा आएर बसेका थिए । उनले नै मलाई गरबि किसानको पहिरनमा छड्के पटुका बाँधिदिए र डोकोमा पुराना लुगाफाटो बोक्न लगाए । उनले मलाई यसरी सिँगारे कि फोटो देखेका र नाम मात्र सुनेकाले चिन्न सक्ने अवस्थै रहेन । त्यहाँबाट बाटो लागेपछि आममानिस र प्रहरीलाई उनी यसरी हँसाउँथे, मान्छे हेरेका हेर्‍यै हुन्थे । उनी मेरो परचिय यसरी दिन्थे, 'मेरो गाउँका दूध बेच्ने जैसी बाहुन हुन् ।' उनको कला ज्यादै उन्मुक्त किसिमको थियो । आमजनताले बुझ्ने, मन पराउने प्रहसन र व्यंग्य चित्र लेखनमा पाल्पामा कमाएको प्रसिद्धि यहाँ पनि ठाउँठाउँमा देखाउँदै हिँडिरहेका थिए ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/656454" बाट अनुप्रेषित