"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
पङ्क्ति ३९:
माधवकुमार नेपालको जन्म विसं २००९ फागुन २६ गते [[रौतहट जिल्ला]]को गौरमा एक उच्च ब्रामण कुलमा भएको हो। उहाँको पिताको नाम मगल कुमार उपाध्याय र आमाको नाम दुर्गा देवी उपाध्याय हो। उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ। गौरको [[श्री जुद्ध माध्यमिक विद्यालय]]बाट एस.एल.सी. गर्नुभयो। २०२२ सालमा वीरगंज [[ठाकुरराम बहुमुखी क्याम्पस]]मा भर्ना हुनुभयो। राजनीतिमा आउनु अघि उहाले बैकमा जागीर पनि खानुभयो।
 
तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएका नेपालले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो। २०२८ सालमा संगठन विस्तारका लागि [[काठमाडौं|काठमाडौँकाठमाडौं]] आउनुभयो। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव हुनु हुन्थो। उहाँमा माथिल्लो सदन [[राष्ट्रिय सभा]]को प्रतिपक्षी नेताको अनुभव पनि छ। उहाँ [[त्रिभुवन विश्वविद्यालय]]बाट वाणिज्यमा स्नातक हुनुहुन्छ। उहाँलाई [[नेपाली]], [[हिन्दी]] [[मैथिली भाषा|मैथिली]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषाको राम्रो ज्ञान छ।
 
सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिनुभएको थियो। सन् १९९०मा नेपाल [[संविधान सुधार सुझाव आयोग]]का सदस्य हुनुहुन्थ्यो भने त्यसपछिका २-३ वर्षमा [[राष्ट्रिय विकास परिषद्]] र [[राष्ट्रिय जलस्रोत विकास परिषद्को]] पदेन सदस्य हुनुहुन्थ्यो। नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख हुनुहुन्थ्यो। त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि हुनुहुन्थ्यो। नेपाल सन् १९९० मा [[संयुक्त वाम मोर्चाको]] सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय संगठन समितिका [[पोलिटब्यूरो]] सदस्य हुनुहुन्थ्यो। सन् १९७८ मा उहाँ नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो। नेपाल सन् १९७६मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा पर्नुभएको थियो। उहाँ सन् १९७५मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा [[बीरगञ्ज उपमहानगरपालिका|वीरगञ्ज]] एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य हुनुहुन्थ्यो।