"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा (वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं))
नेपालमा भुईंचालो जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईंचालोका तरंगहरूको चारैतिर प्रसारण हुन थाल्छ। भुईंचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।
 
काठमाडौँदेखिकाठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.५ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा असोज एक गते आइतबार गएको भुईंचालो (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भुईंचालो विसं २०४५मा गएको भुईंचालोभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भुईंचालोबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भुईंचालोबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/656347" बाट अनुप्रेषित