"तेन्जिङनोर्गे शेर्पा" का संशोधनहरू बिचको अन्तर

सम्मान
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
पङ्क्ति ४१:
 
==आरोहीहरूको काठमाडौंमा सम्मान==
२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमाकाठमाडौंमा सम्मान कार्यक्रम भयो।
 
इतिहास शिरोमणि [[बाबुराम आचार्य]]को संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। [[बनेपा]]देखि खुला जिपमा काठमाडौँकाठमाडौं ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो। बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाईएको थियो।
 
सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो। एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट-फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो। घोडचढीको अगुवाइमा जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्‍योट । सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे। मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो। हामी वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले 'छ स्वागत, छ स्वागत नेपालपुत्र लायक' बोलको गीत गाएर स्वागत गरे।