"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
पङ्क्ति ३४:
 
==बाल्यकाल र शिक्षा==
गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँकोकाठमाडौंको यट्खामा भएको थियो ।
गणेशमान, सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए। गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उनलाई 'हीराकाजी' भन्ने गर्थ्यो। टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए। आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन-पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो । सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भए। रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो । <ref name="वीर गणेशमान सिंह स्मारिका, Page 1">वीर गणेशमान सिंह स्मारिका, Page 1</ref> दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निस्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरे। राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नुपर्‍यो। उनको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा त्याग गरी उनी [[कोलकाता]] गए र सन् १९३९ मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरे। त्यसपछि [[कोलकाता]] कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन सु्रु<ref name="वीर गणेशमान सिंह स्मारिका, Page 1"/> गरेका सिंह राजनीतिमा प्रवेश गरे।
 
पङ्क्ति ४३:
वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध [[भारत]]को बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ''''''बैरगनिया सम्मेलन'''''' मा गणेशमान सिंह, [[खड्गजीत बराल]], [[बहादुर सिंह बराल|बहादुरसिंह बराल]], डाक्टर [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]], [[मातृकाप्रसाद कोइराला]], बि.पि. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ''''''डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।''''' <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-22/20170622190502.html|title=[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना}} </ref> <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-14/20170614190313.html|title=[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास}} </ref> <ref> {{cite web |url=http://archive.setopati.com/samaj/66850/|title="म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्"}}</ref> २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाले।
 
२००८ सालमा [[नेपाली काँग्रेस]]का नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा [[नेपाली काँग्रेस]]का तर्फबाट काठमाडौँकोकाठमाडौंको सांसद् पदमा विजयी भए। [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।
 
२०१७ साल पुस १ गते (सन् १९६०)को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) [[सुन्दरीजल जेल]]मा थुनिए।<ref>{{cite web|url=http://www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|title=Picture of Sundarijal Military Detention Camp|work=[[नेपाली काँग्रेस|Nepali Congress]]|accessdate=2008-10-07|archiveurl=http://web.archive.org/web/20020802063058/www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|archivedate=2002-08-02}}</ref> जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए। मेलमिलापको नीति लिएर [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २०३३ साल (सन् १९७६)मा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो। उनमाथि राजकाज मुद्दा चलाईयो र फाँसीको माग गरियो। २०३४ सालमा भारतको [[पटना]]मा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित भए। जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग मतभेद पनि भएको थियो। २०३९ साल (सन् १९८२)मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को देहावसान पश्चात उनी [[नेपाली काँग्रेस]]को सर्वोच्चनेता भए। २०४२ साल (सन् १९८५)मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे। त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो।
 
२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँकोकाठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित [[नेपाली काँग्रेस]]को सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे। २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो। गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौँकोकाठमाडौंको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'फादर अफ डेमोक्रेसी'को रूपमा सम्मानित गरियो। जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन [[शाह वंश|राजा बीरेन्द्र]] आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् [[संयुक्त राष्ट्र संघ]]का भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उनी सम्मानित भए।
[[File:Ganesh Man Singh Statue.JPG|thumb|त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडी रहेको गणेशमानसिंहको शालिक]]
२०४९ सालमा [[नेपाली काँग्रेस]]को [[झापा जिल्ला]]को कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]सँग उनको मतभेद हुन पुग्यो। २०५१ साल भदौमा उनले [[नेपाली काँग्रेस]] छाडे। तर कांग्रेसले उनलाई कहिल्यै छाडेन। प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल [[नेपाली काँग्रेस]]को पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको [[नेपाली काँग्रेस]]को नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित