"साम्यवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
|||
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
'''साम्यवाद''' एउटा सामाजिक-आर्थिक संरचना एवं
== इतिहास ==
पङ्क्ति ८:
बोल्शेविक दल रूसका समाजवादी दलहरू मध्येको एउटा दल थियो| १९१७ को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभुमि अन्य युरोपिय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य युरोपको अग्रणी देशहरूभन्दा उद्योगधन्धामा पिछडिएको थियो, यसकारण त्यहाँ मजदूरवर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन्। त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमन नितिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग प्राय अवरुद्ध थियो| यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण समुदायलाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रान्तिकारी मार्गद्वारा जारशाहीको नाश नै लोकतन्त्रवादको सफलताको लागि प्रथम सिढि मानेका थिए| ति विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रान्तितर्फ अग्रसर भए| यसप्रकार नरोदनिक (Narodnik) जनआन्दोलनको सुत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya) संगठन बन्यो। सन् १९०१ मा यसको नाम सामाजिक क्रान्तिकारी दल(Social Revolutionary Party) राखियो। सन् १९१७ को बोल्शेविक क्रान्तिको समयसम्म यो रूसको सबैभन्दा ठुलो समाजवादी दल थियो| तथापी यसको प्रभावक्षेत्रमा अधिकांश ग्रामीण जनता थिए। यसको वामपक्षले बोल्शेविक क्रान्तिको समर्थन गर्यो।
अर्को समाजवादी विचारधारा, जसमा बोल्शेविक दल पनि सम्मिलित थियो, रूसी सामाजिक लोकतन्त्रावादी मजदुर दल (Russian Social Democratic Labour Party, R. S. D. L. P.)को नामले प्रसिद्ध थियो। यसको प्रभाव मुख्यत: शहरका मजदुर वर्गमा थियो। रूसमा उद्योगहरू कम्ति थिए तर ति उद्योगहरू ठुला-ठुला भएका कारण अधिक संख्यामा मजदुरहरू राखिन्थे| यी मजदुरहरूमा
रूसी सामाजिक लोकतन्त्रवादी मजदुर पार्टीका नेताहरू कट्टर मार्क्सवादी थिए, अत: उनिहरूले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागु गराए। मजदुरहरूको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, तर प्लेखानोवले नयाँ मसिनहरूको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए| बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषणद्वारा आफ्ना श्रमजीवी वर्गलाई सन्तुष्ट राख्छन् | ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएको छ र यस्तो स्थितिमा यो सम्भव छ कि क्रान्ति पश्चिम युरोपको अग्रणी देशहरूमा नभएर अपेक्षाकृत पिछडिएका देशहरू जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ| केही विचारकहरूले सर्वप्रथम समाजवादी क्रान्तिको स्थान रूस हुनुपर्छ भने। ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रान्ति तब सफल हुनसक्छ जब यो धेरै देशहरूमा एक साथ फैलिन्छ, स्थायी क्रान्ति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोभियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरूको समन्वय गरेर बोल्शेविक दलको संगठन र अक्टूबर (नवंबर) क्रान्तिको नेतृत्व गरे।
पङ्क्ति १६:
{{Commonscat|Communism}}
[[श्रेणी:
[[श्रेणी:आर्थिक]]
[[श्रेणी:सामाजिक]]
|