"मगर जाति" का संशोधनहरू बिचको अन्तर

लिंक मिलाउँदै
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति २२:
== रहन सहन ==
 
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानूनी, विकास निर्माण, राजनैतिकराजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।
<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Kauda dance.jpg|250px|left|]]<section end=चित्र /><p>कौडा नाच</div>
मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने [[कौडा नाच|कौडा]], [[घाटु नाच|घाटु]], [[नचरी नाच|नचरी]], [[सोरठी नाच|सोरठी]], [[झ्याउरे नाच|झ्याउरे]], [[रोदी नाच|रोदी]] र [[हुर्रा नाच]]को छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको [[हुर्रा नाच]] एकदमै लोकप्रिय रहेको छ। [[हुर्रा नाच]]लाई द्यौसी पनि भनिने गरिन्छ। [[हुर्रा नाच]]लाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित