"नेल्सन मन्डेला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ७९:
मण्डेलाला आफु जेलमुक्त हुनासाथ एएनसीको नेतृत्व साम्हाले र सन् १९९० देखि १९९४ को अवधिमा बहुदलीयतामा सम्झौता गर्दै देशमा पहिलो बहुजातीय चुनाव सम्पन्न गराए ।
आफु स्वतन्त्र भएपछि र मण्डेलाको नेतृत्वमा चुनावमा भाग लिन पाएपछि सन् १९९१ मा एएनसीले पहिलोपटक एउटा राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । मण्डेलाका पुराना साथी ओलोभर ट्याम्बोलाई पार्टीको राष्ट्रिय अध्यक्ष बनाइयो जसले बाहिरबाटै संस्थाको नेतृत्व गरिरहेका थिए, जतिबेला मण्डेला जेलमा थिए ।
सन् १९९३ मा एफ. डब्ल्यु. डि क्लार्कसँग संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार पाएपछि मण्डेलाको नाम र उनको राजनैतिकराजनीतिक सम्झौताको चारैतिर प्रसंशा हुन थाल्यो । यद्यपि, त्यो सम्बन्ध उनका लागि कहिलेकाहीं निकै गाह्रो भयो । विशेष गरी सन् १९९१ को घटना जहाँ उनले क्लार्कलाई “कानुन विपरित, श्रेयविहीन, कम संख्या शासन” को प्रमुख व्यक्ति नियुक्त गरे । त्यो विवादले सन् १९९२ को बोइपतोङ घटना गरायो जब मण्डेलाले एएनसीको सम्झौता फिर्ता गरे, क्लार्कलाई कानुन विपरित हत्यामा संलग्न भएको आरोप लगाए । त्यो विवादले सन् १९९२ को विशो घटना सम्मको रुप लियो, जब भयानक हिंसाले गर्दा सबै सम्झौताहरु नामका मात्र रहे ।
एएनसी नेता क्रिस हानीको राजनीतिक दंगालाई पछ्याउँदै, १९९३ को अप्रिलमा देशभर हिंसाको ज्वाला फुट्यो थप त्रासहरु बढ्न थाले । आफु देशको राष्ट्रपति नहुँदा नै मण्डेलाले राष्ट्रपतिका रुपमा धैर्यता र शान्तिको लागि देशका नाममा अपील जारी गरे । उनले भने “आज मा प्रत्येक अफ्रिकीसँग भेटिरहेको छु, काला, गोरा, जो भित्रै देखि मेरा हुन् । मन नपर्दा नपर्दै गोराहरु हाम्रो देशमा आए र हानि पुर्याए र उनीहरुले सोचेरै धेरै गल्ती गरे र हाम्रो देश अहिले प्रकोपमा परेको छ । अफ्रिकी मुलकै तर गोरा महिलाले आफ्नो जीवन जोखिममा पारेकी छिन्, त्यसैले यो विषयमा हामी न्यायका लागि छानबिन गर्दैछौं । क्रिस हानीको निर्मम हत्याले देश र विश्वलाई सन्तप्त बनाएको छ । हाम्रो स्वतन्त्रताको लागि – क्रिस हानीको त्यो त्यागको विरुद्धमा सबै दक्षिन अप्रिकीले अब एकता देखाउने समय आएको छ ।” शान्तिका विरुद्ध भएको त्यो हत्या र त्यसमा समलग्न व्यक्तिहरु माथि कारवाही भयो, त्यसैको लागि सन् १९९४ को अप्रिल २७ का दिन प्रजातान्त्रिक चुनावका लागि स्वीकृति जनाइयो । जुन हानीको हत्या भएको एक वर्ष पछि बएको थियो ।
==दक्षिण अफ्रिकी राष्ट्रपतित्व==