"चन्द" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति १:
'''चन्द''' नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] पश्चिम, [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] पश्चिम हुँदै नेपाल भरी बसोवास भएका [[चन्द्र वंशी]] क्षेत्रीय [[ठकुरी]] मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको [[बैतडी जिल्ला|बैतडी]]देखी मध्य पश्चिमको [[प्युठान जिल्ला|प्युठान]] हुँदै [[म्याग्दी जिल्ला|म्याग्दी]], [[पोखरा]] हुँदै [[काठमाडौं]]सम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । [[भारत]]का विभिन्न भु-भागहरू मध्य खासगरी [[उत्तराखंड]] राज्यको काँगडा, [[गढवाल अधिराज्य|गढवाल]], [[कुमाउँ अधिराज्य|कुमाउँ]], पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन [[कत्युर राज्य|कत्युर]] राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा [[नेपाल]]को काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् । नेपालमा चन्द ठकुरीहरूको अत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनैतिकराजनीतिक इतिहासका महान् शहिद [[दशरथ चन्द]]को योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र">गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक '''[http://madanpuraskar.org/view_book_info.php?id=33414 गौतम गोत्र] वंश परिचय''' पहिलो संस्करण लेखक- राजेश कुमार बटाला</ref>
त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका [[लोकेन्द्रबहादुर चन्द]]लाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ ।
उनीपछि विभिन्न चन्दहरू [[नेपाली सेना]], [[नेपाल प्रहरी]], निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित