"कृष्ण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ८६:
महाभारतमा श्रीकृष्ण एक महापुरुषको रुपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई [[मुसल पर्व]]मा बडो सुन्दर रुपमा व्याख्या गरिएको छ । यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भए पछि उनी दुखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहां एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झक्किएर हत्या गरिदियो । महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासा प्रति स्वयं कृष्णका सबभन्दा प्रिय पुत्रहरुमध्ये एक साम्बले गरेको दुव्र्ययवहार स्वरुप यो घटना भएको हो । यसरी १२० वर्षको उमेरमा श्रीकृष्ण देहान्त भएको थियो ।
 
==कृष्णको राजनैतिकराजनीतिक र आर्थिक व्यक्तित्व==
कृष्णको राजनैतिकराजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन [[अर्थव्यवस्था]]का पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वाधिक महत्त्व दिइन्थ्यो ।
राजनैतिकराजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरुलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरुले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरुले अनावश्यक रुपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनैतिकराजनीतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाई भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरुले गर्थे , जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरुमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउंछ । <br />
==नेपालमा कृष्ण भक्ति धारा==
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, [[विद्यापति मिश्र]], [[इन्दिरस]] कृष्ण भक्ति धाराका कवि हुन् । [[बालागुरु षडानन]] र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत् भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं. [[नारायण प्रसाद पोखरेल]]को पनि ठूलो योगदान छ । आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ । निम्बार्क सम्प्रदायबाट मोहन शरण देवाचार्यज्यूलाई नेपालका प्रथम जगद्गुरु घोषित गरिएको छ ।
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित