"कविता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति २७:
 
== नेपाली कविताका प्रमुख प्रवृत्ति ==
उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ । यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रमको कालविभाजनमा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्र्रभाव र प्रवृत्ति, राजनैतिकराजनीतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ । हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । यसर्थ यी आधारमा गरिएको साहित्यको कालविभाजन बढी विवादास्पद हुनपुग्छ ।
नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनैतिकऐतिहासिक–राजनीतिक मोड आदि विभिन्न आधारमा तथा बिना आधारमै पनि साहित्यिक इतिहासको जथाभावी कालविभाजन गर्ने परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको कालविभाजन र त्यसमा पनि विशेषगरी आधुनिक काल वा आधुनिकताको प्रारम्भका बारेमा मतभिन्नताहरू रहेका छन् । खासगरी आधुनिकतासम्बन्धी अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, छिपछिपे र बोक्रे ज्ञान आदिका कारणबाट यस्तो स्थिति पैदा भएको हो । कविताको सिङ्गो इतिहासलाई खण्डखण्डमा विभाजन गरी समय निर्धारण गर्दा खास वैज्ञानिक आधार नलिई जथाभावी गरिएमा त्यो निरर्थक हुनजान्छ । यसर्थ वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको कालविभाजन गर्नु अपरिहार्य छ ।
 
यी सबै सन्दर्भबाट हेर्दा समयको तीन खण्डे विभाजनसमेत समस्यारहित÷विवादरहित र पूर्ण वैज्ञानिक नभए पनि ऐतिहासिक कालखण्डकै आधारमा साहित्यको कालविभाजन गर्नु अलि बढी व्यावहारिक देखिन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट बढी उपयुक्त र मान्य हुने गरी नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरी देखाइन्छ :
"https://ne.wikipedia.org/wiki/कविता" बाट अनुप्रेषित