"कञ्चनपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ३५:
*अग्लो भाग: समुद्री सतह देखि उत्तरमा १५२८ फिट
 
जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय श्रृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनैतिकराजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ४ निर्वाचन क्षेत्रहरू ११ इलाकाहरू ८ नगरपालिका र ४ गाविसहरूमा विभाजन गरिएको छ ।
 
== प्रमुख व्यापारीक केन्द्रहरू ==