"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति १७:
| resting_place = पूरान नेपाल <ref>{{cite web|url=http://www.britannica.com/EBchecked/topic/627989/Vidyapati|title=Vidyapati spent his life in exile to Nepal}}</ref>
| occupation = लेखक , कवि
| language = [[मैथिली भाषा|मैथिली]], [[नेपाली भाषा|नेपाली]], [[बंगालीबङ्गाली भाषा|बंगालीबङ्गाली]], [[उडिया भाषा|उडिया]]
| nationality =
| ethnicity = [[मैथिल]]
पङ्क्ति ६६:
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए। उनका सम्पूर्ण गीतलाई दुर्इ गोट धारामा विभाजित गर्न सकिन्छ शृङगार र भक्ति। पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत पर्छन् भने दोस्रो धारामा महादेव, देवी र गंगाका स्तुति। महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन्। शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य अवसरमा अनिवार्य रूपले गाइन्छ।
 
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो। आसाम, बंगालबाटबङ्गालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे। फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे। जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन्। विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उनी भावविभोर भए। बंगालबङ्गाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो। वैष्णव कवि उनको अनुसरण गर्दै रचना गर्न थाले। यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए। परिणामस्वरूप भाषाको नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ। कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ। भानुसिंहको नामले रचित उनका रचना उदाहरणस्वरूप लिन सकिन्छ। विद्यापतिसँग महषिर् अरविन्दो पनि प्रभावित भए। डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ। यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ।
 
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक-व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो। उहाँका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ। विद्यापति नारी हृदयका मर्मज्ञ थिए। नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्ण्रागर्थे-
पङ्क्ति ९७:
संस्कृतमा रचित यिनको [[पुरुष परीक्षा]], [[भू-परिक्रमा]], [[लेखनवली]], [[शैवसर्वश्वसार]], [[शैवसर्वश्वसार प्रमाणभूत पुराण-संग्रह]], [[गंगावाक्यावली]], [[विभागसार]], [[दानवाक्यावली]], [[दुर्गाभक्तितरंगिणी]], [[गयापतालक]] एवं [[वर्षकृत]] आदि ग्रन्थ छन्।
 
एकातिर यिनको गहन पाण्डित्य सँग यिनको युगद्रष्टा एवं युगस्रष्टा स्वरूपको साक्षी छ दोश्रो तर्फ कीर्तिलता, भाषामा सम्यक ज्ञानको सूचक हुनुका साथसाथै ऐतिहासिक साहित्यिक एवं भाषा सम्बन्धी महत्व राख्ने आधुनिक भारतीय आर्य भाषाको अनुपम ग्रन्थ छ। तर विद्यापतिको अक्षम कीर्तिको आधार हो मैथिली पदावली, जसमा राधा एवं कृष्णको प्रेम प्रसँग सर्वप्रथम उत्तरभारतमा गेय पदको रूपमा प्रकाशित छ। यिनको पदावली मिथिलाका कविहरूको आदर्श त हो नै, नेपालका शासक, सामन्त, कवि एवं नाटककार पनि उनकै आदर्शबाट मैथिलीमा रचना गराउन अभिप्रेरित हुन थालेका हुन्। त्यस पछि बंगालबङ्गाल, असम तथा उडीसाको वैष्णभक्तहरूमा पनि नवीन प्रेरणा एवं नव भावधाराका साथ विद्यापतिको शैलीमा नै पदावलियहरूको रचना गर्न सुरू भयो।
कवि कोकिलको कोमलकान्त पदावलीले वैयक्तिकता, भावात्मकता, संश्रिप्तता, भावाभिव्यक्तिगत स्वाभाविकता, संगीतात्मकता तथा भाषाको सुकुमारता एवं सरलता कायम राख्ने निर्देशन प्रस्तुत गर्छ। वर्ण्य विषयको दृष्टिले यिनको पदावली यदि एक तर्फ बाट इनको रससिद्ध, शिष्ट एवं मर्यादित श्रृंगारी कविको रूपमा प्रेमोपासक, सौन्दर्य पारसी तथा पाठकको हृदयलाई आनन्द विभोर गर्ने माधुर्यलाई स्रष्टा, सिद्धहस्त कलाकार सिद्ध गर्छ त दोश्रो तर्फ यिनलाई भक्त कविको रूपमा शास्रीय मार्ग एवं लोकमार्ग दुवैमा सामंजस्य उपस्थित गर्ने धर्म एवं इष्टदेवको प्रति कविको समन्वयात्मक दृष्टिकोणको परिचय दिने एक विशिष्ट भक्त हृदयको चित्र उपस्थित गर्छ।
 
पङ्क्ति १०४:
 
विद्यापतिको प्रसंगमा स्वर्गीय ड. शैलेन्द्र मोहन झाको उक्ति वस्तुत: शतप्रतिशत यथार्थ छ। उनी लेख्छन्:
"नेपालक पार्वत्य नीड रटओ अथवा कामरूपक वनवीचिका, बंगालकबङ्गालक शस्य श्यामला भूमि रहओ अथवा उतकलक नारिकेर निकुंज, विद्यापतिक स्वर सर्वत्र समान रूप सँ गुंजित होइत रहैत छनि। हिनक ई अमर पदावली जहिना ललनाक लज्जावृत कंठ सँ, तहिना संगीतज्ञक साधित स्वरसँ, राजनर्तकीक हाव-भाव विलासमय दृष्टि निक्षेपसँ, भक्त मंडलीक कीर्तन नर्तन सँ, वैष्णव-वैश्णवीक एकताराक झंकारसँ नि:सृत होइत युग-युगसँ श्रोतागणकें रस तृप्त करैत रहल अछि एवं करत। मिथिला मैथिलक जातीय एवं सांस्कृतिक गरिमाक मान-बिन्दु एवं साहित्यिक जागरणक प्रतीक चिन्हक रूप में आराध्य एवं आराधित महाकवि विद्यापतिक रचना जरिना मध्यकालीन मैथिली साहित्यिक अनुपम निधि आछि तहिना मध्यकाल में रचित समस्त मैथिली साहित्य सेहो हिनके प्रभावक एकान्त प्रतिफल अछि।"
 
महाकवि विद्यापतिको जन्म वर्तमान भारतको मधुबनी जनपदको बिसपू नामक गाउँमा एक सभ्रान्त मैथिल ब्राह्मण गणपति ठाकुर (उनका पिताको नाम)को घरमा भएको थियो। यसस्वी राजा शिवसिंहले यो गाउँ विद्यापतिलाई दानस्वरूप दिएका थिए। यस दानपत्रको प्रतिलिपि आज पनि विद्यापतिको वंशजहरूसँग छ जो अहिले सौराठ नामक गाउँमा बसोबास गर्छन्। उपलब्ध दस्तावेज बाट यो स्पष्ट हुन्छ कि महाकवि अभिनव जयदेव विद्यापतिको जन्म यस्तो यशस्वी मैथिल ब्राह्मण परिवारमा भएको थियो, जसमा विद्याको देवी सरस्वतीसँग लक्ष्मीको पनि असीम कृपा थियो। यस विख्यात वंशमा (विषयवार विसपी) एक-से-एक विद्धान्, शास्रज्ञ, धर्मशास्री एवं राजनीतिज्ञ भए। महाकविको जिजू बराजू देवादिव्य कर्णाटवंशीय राजाहरूको सन्धि, विग्रहिक थिए तथा देवादिव्यको सात पुत्रहरू मध्ये धीरेश्वर, गणेश्वर, वीरेश्वर आदि महराज हरिसिंहदेवको मन्त्रिपरिषद्‍मा थिए। यिनका बाजे जयदत्त ठाकुर एवं बाबू गणपति ठाकुर राजपण्डित थिए। त्यसैले पाण्डित्य एवं शास्रज्ञान कवि विद्यापतिलाई पुर्ख्यौली उत्तराधिकारमा प्राप्त भएको थियो। अनेक शास्रीय विषयहरूमा कालजयी रचनाको निर्माण गरेर विद्यापतिले आफ्नो पूर्वजहरूको परम्परा नै अगाडी बढाए।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित