"तारादेवी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
विवरण थप्दै
पङ्क्ति २५:
 
==जीवनी==
तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक, काठमाडौंमा भएको थियो। यिनको वाल्यकालको नाम '''डोलकुमारी कार्की''' थियो।<ref> {{cite book |last= |first= |date=२०७३ |title=हाम्रा केही प्रतिभाहरू |url= |location= |publisher=नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र |page= |isbn= |author-link= }} </ref>
 
वि.सं. २०६२ सालमा वहाँको निधन भयो।
 
तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे। तारादेवीका जवान छोरा शशि वि.सं. २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए। चार वर्षघि जागीर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए। तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन्। त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो। उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन्।
"https://ne.wikipedia.org/wiki/तारादेवी" बाट अनुप्रेषित