"अरनिको" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
विवरण थप्दै
पङ्क्ति १४:
 
ज्योतिष विज्ञान पनि निपुण अरनिकोले सन् १२१९मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिषगणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए। यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए। त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए। उनको जन्म संभवतः पाटनमा सन् १२०० सयको तेस्रो या चौथो दशकतिर भएको अनुमान छ। उनको मृत्यु सन् १३०६मा पहिलो महिनामा पेकिङमा भएको थियो।
 
अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएकाे थियो। यिनले नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए। चीनमा यिनले ९ वटा औपचारिक विवाह गरेका थिए जसमध्ये केही चीनका रजौटाका छोरीहरू पनि थिए। अरू ल्याइले श्रीमतीहरू पनि थिए।<ref>{{cite web |url=https://setopati.com/social/163879 |title=बुद्ध खोज्दै चीन पुग्दा फेलापरे अरनिको |last=जोशी |first=सत्यमोहन |date=७ साउन २०७५ |website=सेतोपाटी अनलाइन |publisher= |access-date=२४ जुलाई २०१८ |quote=}} </ref>
चीनका तत्कालिन प्रभावशाली सम्राट कुब्ला खाँ का राजगुरू पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीहरूलाई चीन पुर्‍याएका थिए। यिनैले अरनिकोलाई कुब्ला खाँ सँग भेट गराइदिएका थिए।
 
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
 
"https://ne.wikipedia.org/wiki/अरनिको" बाट अनुप्रेषित