"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
 
फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा [[:en:Pulmonata|(Pulmonata)]] समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक [[:en:paraphyletic|(Paraphyletic)]] समुहमा पर्दछन्। प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन्। यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला [[:en:radula|(Radula)]] भनिन्छ। यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन्।
==जमिनमा बस्ने शंखेकिरा==
जमिनमा बस्ने शंखे किरा प्रायः [[बैशाख]] महिना देखी [[कार्तिक]] महिना भित्रको याममा बढी देखिन्छन् । जमिनी शंखेकिराले कृषकहरूलाई निकै नोक्सान पुर्याउछन् यिनीहरूको लार्भाहरूलाई नाम्ले किरा भनिन्छ । नाम्ले किरा भएको घाँस पात खाएमा [[गाई]], [[भैंसी]] तथा अन्य घर पलुवा पशुहरू रोगी भएर मर्न पनि सक्छन् । नाम्ले किराबट शंखे किरा बने पछी शंखे किरले [[मकै]], [[कोदो]], [[फापर]] आदी अन्न बाली सहित तरकारी बालिका पातहरू खाएर नोक्सान पुर्याउँछ । जिल्ला कृषि विकास कार्यालय, [[पाल्पा जिल्ला|पाल्पा]]का वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताए । यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको [[सुर्ती]]को झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र [[मट्टितेल]] मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पुर्याउँछ । यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिए । <ref>http://www.republickhabar.com/2017/08/03/19693/ </re>
==यो पनि हेर्नुहोस्==
[[पुतली]]
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित