"डालेचुक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[Image:Sea-buckthorn.jpg|right|thumb|डालेचुक]]
==कहा हुन्छ?==
औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ । यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक(तोरा ( होचा प्रजाति ) (Hippophae tibetana Schlecht )) र डालेचुक(चिची (अग्लो प्रजाति) (Hippophae salicifolia D.Don)) गरी दुई प्रजाति मात्र रहेका छन् । नेपालमा दार्चुला, बझाङ , बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ , म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन् । इलाग्नेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिलाई अङ्ग्रेजीमा सिबक्थ्रोन[[:en:sea-buckthorn]], संस्कृतमा आँसुका, गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ ।
 
 
पङ्क्ति १३:
==बिकास==
विश्वभरिमा सबभन्दा बढी डालेचुकमा नयाँनयाँ प्रविधिको विकास चीनले गरेको छ । नेपालमा पनि हिमाली जिल्लाहरूमा निर्मित जुस अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका, जर्मनी आदि देशमा जान थालेको छ । यसको मसिनो बीउबाट तेल उत्पादन गर्न सकिन्छ, जुन तेल भटमास, गहुँ र मकैको भन्दा धेरै गुना बढी भिटामिन ई र बिटाक्यारोटिन भन्ने उपयोगी तìवले भरिपूर्ण हुन्छ । त्यसैले विश्व बजारमा यसको तेलको माग पनि अधिक छ । यसको पात पशुवस्तुका लागि अत्यन्त उत्तम मानिन्छ । यसको पातबाट हरियो आयुर्वेदिक चिया बनाइ बेच्ने गरिएको छ । पौष्टिक तìवले युक्त यसको पातबाट बनेको चिया खाएमा मानिसको स्वास्थ्यलाई कुनै असर गर्दैन । यसको फल र बीउको छोक्रा आयुर्वेदिक चिया बनाउन उपयोगी हुन्छ तर बोक्रा चाहिँ अल्सर तथा क्यान्सरको उपचारको लागि प्रयोग गर्ने गरिएको छ । हाम्रा हिमाली भेकमा फालिएका, नदी किनारका बलौटे जमिनहरू र पहिरो गएका स्थानहरूमा उम्रने र बढ्ने यो वनस्पति पर्यावरणीय हिसाबले पनि महìवपूर्ण छ । वायुमण्डलीय नाइट्रोजन भन्ने तìवलाई पनि माटोमा खिच्न सक्ने हुँदा कृषकहरू यसको खेतीबाट निकै नै लाभान्वित भएका छन् ।
 
 
बैज्ञानिक नाम Hippophae salicifolia D.Don and Hippophae tibetana Schlecht
 
नेपाली नाम डालेचुक
 
अन्य नाम चिची , तोरा , ताराचुक , तार्पू
 
अंग्रजी नाम Seabuckthorn
 
वानस्पतिक परिवार Elaeagnaceae
 
 
 
*[[डालेचुक को तेल]] ([[:en:Sea buckthorn oil]])
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित