"हर्रो" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो । यसक...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, [[वर्रो]] र [[अमला]]) मध्येको यो एउटा फल हो ।
 
यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो । यसका पातहरु ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरित दिशातिर फर्केका हुन्छन् । पातको भेट्नुमा एक जोडी ग्रन्थीहरु (Glands) हुन्छन् । यसका फूलहरु साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन् । फूलहरुको रंग हल्का पहेंलो वा सेतो रंगको हुन्छ र वैशाख ÷जेष्ठतिर फुल्दछन् । फलहरु ४ से. मी . सम्म लामा , बीचमा मोटा र फेदतिर अलि साँगुरिएका र पुष्ट हुन्छन् । तर सुकिसकेपछि अलि चाउरी परेका र पाँचवटा रेखाहरु स्पष्ट देखिन्छन् ।
[[Image:Harra (Terminalia chebula) leafless tree at 23 Mile, Duars, WB W IMG 5905.jpg|thumb|हर्रो को रुख]]
"https://ne.wikipedia.org/wiki/हर्रो" बाट अनुप्रेषित