"सम्भोट लिपि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २७:
सम्भोट लिपिको आविष्कार सातौं शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा [[थोन्मि सम्भोट]]ले गर्नुभएको थियो। राजा [[स्रोङ्चन गम्पो]]ले आफ्नो देशमा पनि छिमेकी मुलुक चीन, नेपाल र भारत इत्यादि झैँ लिपिको प्रयोग द्वारा देशको इतिहास र संविधान आदिको निर्माणकार्य साथै विशेष गरि भारतबाट बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्नुको लागि [[थोन्मि सम्भोट]]लाई भारतमा शब्दविद्यको शिक्षा आर्जनको निम्ति पठाएको र थोन्मिले भारतको विद्वानहरू बाट शिक्ष प्राप्त गरि आफ्नो देशमा फर्के पछि [[रञ्जना लिपि]]को आधारमा उचन र वार्तु लिपिको उदारण लिएर उमेदको लिपि रचना गर्नुको साथै तिब्बती भाषाको लागि [[व्याकरण मूल त्रिंशत्]] र [[लिङ्गावतर]] आदि आठवटा व्याकरणका पुस्तकहरू पनि लेखेको कुरा इतिहास हरूमा उल्लिखित भएपनि हाल ति कृतिहरू मथ्ये मूल त्रिंशत् र लिङ्गावतर मात्र बाँकी रहेको छ। लिपि र व्याकरणको सृजन साथै भारत बाट ल्याएको [[अवलोकितेश्वरको एक्काइस सुत्र-तन्त्र]] आदिको अनुवाद पनि लिपि निर्माता थोन्मि स्वयम् ले तिब्बती भाषामा गर्नु भएकोले थोन्मि सम्भोटलाई तिब्बतको पहिलो अनुवादक ([[लोचावा]]) पनि मानिन्छ।
 
==अनुवाद र लिप्यंतरणलिप्यन्तरण==
तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को राज्यकालमा सम्भोट लिपिको आविष्कार भएदेखि धर्म राजा [[ठ्रीस्रोङ देउचन]] र राजा [[ठ्री रल्पचन]]को शासनकाल सम्ममा भारत, नेपाल र चिन आदि छिमेकी देशबाट धेरै विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र अवभ्रंश इत्यादि भाषाहरूमा रहेका त्रिपिटक र भारतीय बौद्ध विद्वान आचार्य नागार्जुन तथा आचार्य अर्यादेव आदिको टीका लेखहरू लगायतका बौद्ध ग्रन्थलाई सम्भोट लिपिमा अनुवाद र लिप्यंतरण गरिएको पाईन्छ। राजा [[वुदुम चन्पो]]को मृत्यु पछि तिब्बतको राजनीतिक परिस्थिति बिक्रेको समयमा पनि छिमेकी मुलुकका सुविज्ञ पण्डित र अनुवादकहरूले [[सक्यपा]]को शासनकाल सम्म अनुवादको कार्य क्षेत्रमा ठुलो योगदान पुरयाउनु भएको बारे तिब्बतको राजनीतिक र धार्मिक इतिहास दुवैमा विस्तृत रूपले उल्लेख गरिएको भेटिन्छ।<ref>Gur-bkra-chos-'byung, पुर्वानुदित बौद्ध सम्प्रदायको धार्मिक इतिहास (१८०७-१८७३) | लेखक: गुरु ट्राशी | भाषा: तिब्बती | सन् १९८७ मा तिब्बत शैक्षिक अनुसन्धान केन्द्र बाट प्रकाशित</ref> यसै अनुवादको कार्यमा थप सुविधाको लागि आठौं शताब्दीको अन्तिम एवं नवौं शताब्दीको आरम्भिक समय तिर [[महाव्युत्पत्ति]] नामक विश्वको सबैभन्दा पहिलो दोभाषे पारिभाषिक शब्दकोशको निर्माण पनि भएको थियो। यो तिब्बती विद्वान अनुवादक र पण्डितहरूले लेखेको [[संस्कृत]]-[[तिब्बती]] दोभाषे बौद्ध-पारिभाषिक शब्दकोश हो।
 
"https://ne.wikipedia.org/wiki/सम्भोट_लिपि" बाट अनुप्रेषित